लेख / ब्लग / अन्य प्रकाशन / समाचार

नेपालमा नौलो लागु पदार्थ – के हो मेथएम्फेटामिन (Methamphetamine)?

Posted Date: 2013-07-24

डा. रितेश थापा

“यो  त मरे पनि हुन्थ्यो ” आफ्नो १६ बर्से छोरा तिर देखाउदै एउटी आमा ले रिस पोखिन । नसा तथा मानसिक रोग बिभागमा यस्तो कुरा हरु सुनिनु कुनै नौलो होईन । गरि खाने छोरा भुइ तिर हेरेर बसिरहेको थियो ।भर्खरै जुङा को रेखी बस्न थालेको  त्यो केटा कानमा टप लगाएको, हात भरी  दाग नै  दाग , जोख्दा ५० केजी पनि नपुग्ला जस्तो थियो । कुरा बुझ्दै जादा उसले लागु औषधि खान थालेको दुइ बर्ष हुनथालेको रहेछ  ।

यसरी लागू पदार्थ सेवान गर्ने हरुलाई हाम्रो समाज मा लागु पदार्थ दुर्व्यसनी (Drug addict ) भन्ने गरिन्छ । केन्द्रीय तथ्याङ्क बिभाग (Central Bureau of Statistics) का अनुसार  झन्डै ४७००० नेपाली हरु  यसता लागू पदार्थ को लत मा  फसेका छन । यस तथ्याङ्कमा रक्सि को लत मा परेकाहरु समावेस छैनन ।

बिभिन्न प्रकारका लागू औसधीहरु नेपालम लोकप्रिय छन जस्तै:

१. Cannabis बोटका विभिन्न उत्पादनहरु:  गाजा, भाङ तथा चरेस

२. अफिमका प्राकृतिक तथा कृत्रिम (Synthetic) उत्पादनहरु: हिरोइन(heroin) या ब्राउन  सुगर्(brown sugar), कोडिन (Codeine)

३. Benzodiazepine  (निद्रा लगाउने तथा लट्ठ पार्ने औषधि): नाइट्रो ट्याब (Nitrazepam tablet), Diazepam

४. उत्तेजक औषधिहरु:  (Pseudoephedrine), जून् केही कफ सिरपमा पाईन्छ

यी बाहेक अहिले नेपालमा मेथएम्फेटामिन (Methamphetamine) नाम को नौलो औषधि देखापरेको छ । हेरोइन जस्तै खतरनाक  यो  औषधिको नेपालमा लोकप्रियता  बढ्न थालेको छ । नेपालको केहि भागहरुमा, अझै   काठमाडौं  भित्र नै यो औषधी फेला परेको छ जसले  गर्दा लागू  औषधि नियन्त्रण बिभाग तथा सुरक्षाकर्मीहरुलाई यो निकै चासो को बिषय  बन्न पुगेको छ । के हो त यो Methamphetamine?

हाम्रो मस्तिस्कमा पाइने राशयिनिक  तत्वहरु (Neurotransmitter) को तहमा काम गरेर उत्तेजना दिने यो एक प्रकारको औषधि हो । बच्चाहरुमा हुने एकप्रकार को मानसिक रोग Attention Deficit Hyperactivity Disorder (ADHD) मा पनि यो औषधि प्रयोग गरिन्छ । खोकी लागेको बेला दिइने केही  कफ सिरपमा पनि यो औषधि प्रयोग हुन्छ ।  तर लागू औÈधी दुव्र्यसनी हरुले यस लाई लागू औषधि को रुपमा प्रयोग गर्छन ।  यसलाई बजारमा बिभिन्न नाम दिइएको छ । क्रान्क (Crank) , क्रिस्टल (Crystal) , मेथ (Meth)  , आईस  (Ice) , याबा (Yaba) ), चक डस्ट (Chalk dust) , आईसक्रिम (Icecream) , कूकीज(Cookies) आदी । यसलाई  सुङ्न, नील्न, धुवाको रुपमा , या सुइको मार्फत बाट नसामा प्रयोग गरिन्छ ।

यसको सेवन पछि  शरिरमा बिभिन्न परिवर्तनहरु आउछन । अत्याधिक उत्तेजना हुनु , आखाको नानी फुल्नु , छट्पटी हुनु , मुख सुक्नु , पसिना धेरै आउनु , मुटुको चाल बढनु ,  शरिर तात्त्नु, चक्कर आउनु , आखा धमिलो हुनु , हात खुट्टा काप्नु  अदि । त्यसरिनै  मानसिक परिवर्तन पनि आउने सम्भावना धेरै हुन्छ । जस्तै  यसको सेवन  गरेपछी शरिर मा स्फुर्ती बढनु , स्मरणशक्ती बढेको जस्तो लाग्नु , हिम्मत बढ्नु , धेरै खुशी हुनु , म नै सबै भन्दा शक्तिशाली हु  भन्ने भ्रम  हुनु । कसै  कसैलाई  कडा किसिमको मानसिक रोग को लक्षण्ँ  पनि देखिन सक्छ । आवाज नआइ आवाज सुन्नु, अरुले नदेख्ने कुरा देख्नु, आफू खतरामा पारेको महशूस हुनु आदि ।

नियमित रुपमा प्रयोग गर्न थालेपछि यसलाई सजिलै छोड्न सकिंदैन । यो यस्तो खतरनाक लागू औषधि हो जस्को लत अरु भन्दा छिटै लाग्छ । केहि पटकको प्रयोग पछि नै लत बस्न थाल्दछ । यदि छोड्ने कोसिस गरेमा  नशा छोड्दा हुने शारिरीक तथा मानसिक छट्पटि हुन्छ,, जस्तै शरिरमा आलयस्यता आउनु, टाउको दुख्नु , डिप्रेसन हुनु,  आफैलाई  हानी पुर्याउने बिचार आउनु, निंद्रा बिग्रनु आदी । लामो समयको सेवन पछी धेरै नकारात्मक असरहरु देखापर्न थाल्दछन । डिप्रेसन बाहेक मन आत्तीने रोग (Anxiety Disorder), स्मरणशक्ती बिस्तारै घटदै जाने, कार्य क्षमतामा ह्रास आउने हुन्छ । यस्ता मानिसहरुमा पार्किन्सन रोग (Parkinson’s disease) हुने सम्भावना पनि धेरै हुन्छ । कहिले कांही Methamphetamine को मात्रा बढी (Overdose) भएमा ज्यानै पनि जान सक्छ ।

यो औषधिको लोकप्रियता बिकसित मुलुकमा पहिले देखिनै देखिएको हो । दक्षिण एसियामा पनि  यो औषधिले बिस्तारै आफ्नो डेरा जमाउन थालेको छ । चीन , म्यन्मार , थाइलान्ड,  मलेशिया , जस्ता देश हरुमा यो औषधिको धेरै उत्पादन हुन थालेको छ । नेपाली बजारमा एक ट्याब्लेटको  रु  ५०० पर्छ भन्ने सम्बन्धित निकायको ठहर छ । तर यो औषधिको लत छुटाउन को लागि भनेर अस्पताल आएका बिरामी भने त्यती  पाइएको जानकारी छैन । लागू औषधि दुव्र्यसनीहरुलाई  सोध्दा यसलाई पार्टी ड्रगको रुपमा लिन थलिएको बुझिएको छ ।

- लेखक  नेसनल  मेडिकल कलेज बिरगंजका   एम. डि. (Psychiatry) का विद्यार्थी हुन ।

 

Edited by Dr Anupam Pokharel

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस