लेख / ब्लग / अन्य प्रकाशन / समाचार

मति-भ्रम (Delusion): एक गम्भीर मानसिक लक्षण – डा. धनरत्न शाक्य

Posted Date: 2014-04-06

परिदृश्य

-    आफ्नै परिवारले षड्यन्त्र गरेर मार्न लागे भनी रामबहादुर (नाम परिवर्तित) पुलिस थानामा शरण लिन गए । रातमा पनि नसुत्ने, एक्लै कुरा गर्ने, थानाका प्रहरीले पनि परिवारसाग मिलेर हानी पुर्‍याउने योजना गर्दै छन् भन्दै रिसाउने जस्ता असामान्य व्यवहार देखाउन थालेपछि उनलाई उपचारका लागि मानसिक विभागको ओपीडीमा ल्याए ।

-    एकतर्फी रूपमा एक धनाढ्य व्यक्तिको मायामा रश्मिलाले जवानी गुमाइन् । आखिर तिनी त एक भ्रम र मनोरोगबाट पो पीडित रहेछिन् ।

-    खानलाई घरमा दाना अन्न छैन, धनाढ्य हुा भन्न थालेको छ त्यो काले । नेता जस्तो भाषण छााट्छ, के बोल्छ, बोलीको टुंगो छैन । अरूले सुनेनन् भनी रिसाउाछ, राति पनि सुत्दैन ।

-    छिमेकीले कुरा काटे भनी कलह मच्चाइन् पल्लाघरे काकीले । त्यस्तो त कसैले केही भनेका थिएनन् । तिनकै परिवारले कत्ति सम्झाए, भएन ।

-    के मति बिग्रेको हो् यो विकासेको, जाडरक्सीले मातेर हिाड्छ आफू । आफैंले लभ म्यारिज गरेकी श्रीमतीलाई शंका गरेर हैरान पारिसक्यो यसले ।

हामी के सोच्छौं, हाम्रो मनमा के छ त्यो सोचमा अनगिन्ती कुराहरू हुन्छन् । केलाउादै जाने हो भने ती विभिन्न विषय, व्यक्ति, घटना, प्रकरण वा आफैंबारे सोच, विचार, चिन्ता, आवेग, सकारात्मक, नकारात्मक दृष्टिकोण आदि हुने गर्छन् । प्रसंग र कारणबस् मनमा निरासा, रिस, शंका वा चिन्ता उब्जे पनि स्वस्थ मनले त्यसको निकास र समाधान खोज्ने गर्छ । विचारमा आउने यस्ता विकारहरू लामो समय व्यक्तिका विविध पाटाहरूमा असर पर्ने गरी अन्य लक्षणहरूका साथ देखा परे भने सतर्क हुन आवश्यक हुन्छ । सोचका यस्ता विकारहरू धेरै हदसम्म मनको असामान्य स्थिति र मनोरोगबाट उब्जिने गर्छन् । विचारका कुनै विकार भने बाहिरबाट झट्ट सर्वसाधारणलाई असामान्य लागे पनि नलागे पनि मनोचिकित्साको हिसाबले अत्यन्त गम्भीर मानिन्छ । मनमा तिनको उपस्थिति मात्र पनि मानसिक रोगको प्रमाणका रूपमा लिइन्छ । मानिसको मनमा डिल्युजन (delusion) अर्थात् मतिभ्रम वा महाकुधारणा भएको प्रमाण भेट्टएिमा मनोचिकित्सकका नजरमा त्यो अवस्था बढो गम्भीर हुनेगर्छ ।

मतिभ्रम भन्नाले यस्ता सोचहरू हुन् जुन परिदृश्यका पात्रहरू रामबहादुर, रश्मिला, काले, पल्लाघरे काकी वा विकासेले सोचे जस्तै व्यक्तिका परिवार, आफन्त वा उही समाज, परिस्थिति वा पृष्ठभूमिका मानिसहरूले सोच्नेभन्दा फरक हुन्छन् वा असत्य हुन्छन् । पल्लाघरे काकीमा जस्तै त्यस्ता सोच जसले जसरी र जति सम्झाए पनि बदलिादैनन् । व्यक्तिले आफूले सोचेभन्दा अर्को नजरियाबाट सोच्न, समष्टिमा यथार्थ बुझ्न र महसुस गर्न सक्तैन । त्यस्तो विचारको उद्गम वा उत्पत्ति गलत खालको विचार प्रक्रिया वा गलत मतलब बुझाइ (incorrect inference) बाट हुने गर्छ । कुनै व्यक्तिले के हिसाबले हेरेको होला तर मतिभ्रममा व्यक्ति सयका सय निश्चित हुन्छ कि त्यो व्यक्ति उसलाई षड्यन्त्रपूर्ण नियतका लागि पछ्याउादै छ । षड्यन्त्र गर्ने मानिसले कसैलाई हेर्ला तर हेरेजति मानिसले षड्यन्त्र नगर्न पनि सक्छ भन्ने यथार्थबाट यस्ता व्यक्ति अलग हुन पुग्छन् ।

मतिभ्रम (delusion) एक कडा मानसिक लक्षणमध्ये पर्छ । मतिभ्रमसहित आभासभ्रम (hallucination) पागलपन (psychosis) को सूचक मानसिक लक्षण हो । साइकोसिसमा व्यक्तिले चाल नपाउने गरेर व्यक्ति यथार्थको धरातलबाट बाहिरिन्छ । त्यसैअनुसार सोच्ने, अनुभव गर्ने र व्यवहार गर्ने स्थितिमा पुग्छ । परिदृश्यका पात्रहरूमा हामी यस्तो स्थितिको झल्को पाउन सक्छौं । यस्तो सोच वा भ्रम व्यक्तिका लागि यथार्थतुल्य हुन्छ र त्यसैअनुसार उसको व्यवहार र मनस्थिति प्रभावित हुन पुग्छ । आफैंले प्रेम गरेर संसारको कुरा नमानी बिहे गरेकी सहीमा पतिव्रता श्रीमती पनि मतिभ्रममा चरित्रहीन लाग्छ । गलत सोच वा मतिभ्रममा परेर व्यक्ति, परिवार, आफन्त वा साथीसंगी सबैलाई बेचैनी, हानि, आश्चर्य मात्र होइन कहिलेकाहीा अपूरणीय क्षतिसम्म हुन जान्छ । मतिभ्रमका कारण आत्महत्या, हत्या र धेरै दुर्घटनाहरू हुन्छन् । अतः मतिभ्रम आफैंमा एक गम्भीर मानसिक लक्षण हो र कसैलाई मतिभ्रम भएको शंका भएमा अविलम्ब मनोरोग विशेषज्ञकहा जानुपर्छ । यस्तो बेला आनाकानी वा ढिलाइ गर्दा पछि पछुताउने स्थिति आइपर्न सक्छ ।

यस्ता मतिभ्रममा कस्ता आशय छन् तदनुरूप थरीथरी मतिभ्रमहरू थरीथरी पागलपनका मानसिक रोगहरूमा देखा पर्छन् । अक्सर नकारात्मक आशय, जस्तैः मेरो विनाश भयो, मेरो अंगभंग भयो, भविष्य डुव्यो, अरूले परिवार वा पि्रयजनको हानि गरे, मेरो आफन्त कोही रहेनन् भन्ने खालका मतिभ्रम उदासीन मनोरोग (depression) मा देखिन्छन् । आफू उच्च, दैवीय वा कुलीन भएको, ठूलठूला विचार वा योजना, पद, सम्पत्ति, रूप वा शक्तिको भ्रम उन्माद (mania) भनिने मनोरोगमा उत्पन्न हुन्छन् । पागलपनकै मूल् रोग स्किजोफ्रेनिया (schizophrenia) मा भने अनौठा भ्रमहरूको बाहुल्य रहन्छ, जस्तै : आफूलाई कसैले गोटीझैं चलाइरहेछ, आफूले फू गर्दा चन्द्रमा घुम्छ, कसैले दिमागमा यन्त्र जडान गरेर विचार चोर्छ, अनौठा र अन्जान विचारहरू घुसाइदिन्छ, आफ्ना अनुभव, व्यवहार वा आवेग अरूबाट परिचालित छ, आफूले नभने पनि सबैले मेरो मनको कुरा जान्दछ आदि इत्यादि । एक खालको जीर्ण पागलपन (persistent delusional disorder) मा कुनै एक आशय जस्तैः श्रीमान् श्रीमतीको चरित्र, आफ्नो सुरक्षा वा यस्तै खास खालको सीमित व्यक्ति, माहोल वा परिस्थितिसम्बन्धी मतिभ्रम मात्र हाबी हुने गर्छ र अरू लक्षण खासै देखिन्नन् । दिमाग र शरीरका अरू प्रणालीगत रोगहरूका कारण मनको काममा दखल परेको अवस्था (organic mental disorders), व्यक्तित्वका गडबडी वा मादक पदार्थको लतमा पनि आकलझुकल मतिभ्रमहरू देखा पर्ने गर्छन् । जे जस्तो रोगमा भए पनि मतिभ्रमको उपस्थिति कडा वा गम्भीर अवस्था जनाउने गर्छ ।

मतिभ्रम भएको मानिसलाई आफ्नो स्वास्थ्य वा रोगको हेक्का अक्सर रहादैन र आफू बिमारीजस्तो लाग्दैन । यस्ता व्यक्तिलाई उपचारको आवश्यकता बोध हुँदैन । उपचारमा ल्याउने भारा उसका आफन्त, साथीभाइ र परिवारजनको हो । त्यसैले, अनौठो पाराले कोही व्यक्ति स्पष्ट गलत कुरामा पनि नबुझिने हिसाबले एकरत् लगाउाछ, जिद्दीपूर्वक सोहीअनुसार व्यवहार गर्छ भने त्यो आउनेवाला जटिलताको ठूलो सूचक हुनेगर्छ । रोएर, कराएर, सम्झाएर, थर्काएर वा पिटेर मतिभ्रमको समाधान कतै हुँदैन । यो अस्वस्थ मानसिक अवस्था वा मनोरोगको लक्षण हो । उपचारबाट यस्ता मतिभ्रम अरू लक्षण जस्तै हराउँछन् । अबिलम्ब दक्ष मनोरोग विशेषज्ञको सम्पर्कमा जानुहोस् । हाल आएर यस्ता कडा मानसिक रोगको पनि उपचार सम्भव भएको छ ।

(लेखक वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ हुन् ।)

कान्तिपुर कतार संस्करणमा चैत्र २३, २०७० मा प्रकाशित (लेखकको अनुमतिमा प्रकाशित गरिएको)

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस