समूहमा या सामाजिक अवस्थाहरूमा आत्तिने रोग

समूहमा या सामाजिक अवस्थाहरूमा आत्तिने रोग (SOCIAL PHOBIA or SOCIAL ANXIETY DISORDER)

“म २१ वर्षीय युवक हुँ  । अरुसंग बोल्दा हाल आएर नर्भस हुन थालेको छु । कसैसंग  डिसकस गर्दा र आफना विचार १–२ जनाको बीचमा ब्यक्त गर्नुपर्दा पनि मन डराएर आउंछ र बोल्दाबोल्दै अकमकिन्छु । मुटु को धड्कन एक्कासी बढ्छ र अनुहार पनि रातो हुन्छ । आज भोलि यो समस्याले गर्दा पसल जान पनि टेन्सन भैसक्यो । घर परिवारमा र एक्लै चाहि ठिकै हुन्छु । पहिला मलाइ यस्तो हुन्दैनथियो । अरुबेला त जसो तसो काम चलाउछु, तर यस समस्याले जागिरको इन्टरभ्युमा सारै गार्हो भयो । मुटुको डाक्टरले मुटुमा खराबी छैन भन्नुभो । उहाले मलाइ केहि चिन्ता छ कि भनेर सोध्नु भयो । मेरो चिन्ता भनेकै यहि समस्या हो । मलाइ के भएको होला ?”

के हो माथिको समस्या?

समूहमा ‘नर्भस’ हुने हामीमध्ये धेरैले महसुस गरेको अवस्था हो । केही मात्रामा नर्भस हुने त किशोरावस्था या युवा अवस्थाको सुरुका दिनहरूमा सबै व्यक्तिहरूले महसुस गर्दछन् । धेरैजसो व्यक्तिहरूमा बिस्तारै यो हराउंदै जान्छ । तर केही व्यक्तिहरूमा यो रही नै रहन्छ र माथिको उदाहरणमा वर्णन गरिए जस्तै दिनचर्यामा खलल पुर्याउंदछ । नर्भस हुने समस्याका पनि विभिन्न रूपहरू हुन्छन् । माथिको उदाहरणमा जस्तो अर्थात् विशेष सामाजिक अवस्थाहरूमा मात्रै नर्भस हुने स्थितिलाई SOCIAL PHOBIA भन्ने एक मानसिक रोग भनिन्छ ।

SOCIAL PHOBIA बानि सम्बन्धी समस्या होइन । यी व्यक्तिहरू लाज मान्ने खालका हुन्छन् भन्ने पनि होइन । SOCIAL PHOBIA वास्तवमा एक मानसिक रोग हो जसले ग्रसित व्यक्ति खास खास ठाउ­मा अत्यधिक मात्रामा आत्तिने हुन्छ ।

SOCIAL PHOBIA  को मुख्य चार पक्ष छन् -

१. डर या आत्तिने अनुभव

२. शारीरिक : जस्तै मुटु काप्ने, श्वास अनुभव हुने, जिउ या हात् खुट्टा काप्ने, चिटचिट पसिना आउने आदि ।

३. सोचाइ: जस्तै – “बोल्दा मैले गल्ति गर्ने पो हो कि?” “मानिसहरुले मेरो हाँसो उडाउने हुन कि?” “रिंगटा लागेर मा लड्ने पो हुँ कि?” “मुटु बढी ढुक ढुक गरेर र दिमागले  केहि काम नै गरेन भने बडा बेइज्जत हुने पो हो कि?”

४. व्यवहार: आत्तिने डर ले समूह या अन्तर्वार्ता मा नजानु, जसले SOCIAL PHOBIA  लाइ झन् मलजल गर्छ ।

केहि मानिसहरु यस समस्यालाई रोग होइन अवस्था भन्न रुचाउंछन् । जे भनिए पनि यो समास्याबाट  पिडित व्यक्ति सामाजिक अवस्थाहरुमा या मानिसहरुको सानो समुहमा पनि एक्कासी मन आत्तिएर माथि वर्णन गरे जस्तै दैनिक क्रियाकलाप मै खलल पुगेको छ भने चाही रोग नै भन्दा राम्रो होला । कडा र कम कडा मिलाएर झण्डै सात प्रतिशत जनसंख्या यस समस्याबाट पीडित छन् ।

किन हुन्छ  SOCIAL PHOBIA ?

यो समस्या प्रायजसो किशोरावस्थामा सुरु हुन्छ । जब बालककालबाट मानिस किशोरावस्थामा पाइला टेक्दछ, उसको सामाजिक परिधिले घरको सीमा नाघ्दछ । बाहिरी व्यक्तिहरूसंग भेटघाटसंगै एक आपसमा तुलना पनि व्यक्त या अव्यक्त तरिकाबाट शुरु हुन्छ । यो अवस्था कसरि पार हुन्छ भन्ने कुराले SOCIAL PHOBIA को उत्पत्तिमा महत्वपूर्ण भूमिका खेल्दछ । सामाजिक अन्तक्र्रियाहरूमा व्यक्तिले कुनै कारणले आफुलाई अरुको तुलनामा हीन ठान्ने परिस्थिति सृजना भएमा या केही कुरामा आत्तिने स्थिति उत्पन्न भएमा त्यसपछि उस्तै परिस्थितिहरूमा त्रास या घबराहट पुनः उत्पन्न हुन जान्छ, यस्तो परिस्थिति क्रमिक रूपले दोहोरिएमा एक दुइजनाको अगाडि पनि बोल्न हिम्मत नआउने र बोल्नुपरे बोली नै लरबरिने या रोक्किनेसम्म हुन्छ र क्रमिक रुप ले SOCIAL PHOBIA उत्पन्न हुन्छ ।

तपाईंलाई पनि यस्तै मानसिक समस्या छ भने यदि तपाइर्ले विचार गर्दै जानुभयो भने बिगतमा यस्तो विन्दु पक्कै पनि भट्टेाउनु हनु छे जनु बलेा तपार्इं पक्कै पनि भन्न सक्नु हुनेछ कि त्यो बेला त मलाई यस्तो समस्या छँदै थिएन । तपाईंले आफ्नो विगत केलाउनुभयो भने  कुनै बिन्दु मा एक्कासी आत्तिने समस्या उत्पन्न भएको भेट्न पनि सक्नुहुन्छ, जस्तै कतै भाषण गर्दा धेरै हूटिंग भएपछि (उदाहरण मात्रै हो यो, कसरि थाहा पायो भनेर नसोच्नुहोला) ।  तर निकै मानिसहरु भने यहि घटना पच्चात आत्तिन थालेको भन्न सक्दैनन् र उनीहरुको केसमा भने क्रमिक रुपले यो समस्या शुरु भै बढ्दै गएको पाइञ्छ ।त्यसैले SOCIAL PHOBIA अवचेतन मनद्वारा खास सामाजिक स्थितिमा सिकिएको अवस्था हो जसलाई उस्तै परिस्थितिहरूले क्रमशः झन बल दिंदै जान्छन् ।

कस्ता वालकहरुलाई  SOCIAL PHOBIA हुने सम्भावना बढि हुन्छ ?

त्यस्तै वालककालमा दुर्व्यबहार भएको थियो भने या वरपरका मानिसहरुले हेप्ने गरेका थिए भने पनि उक्त वालकमा हीनता को विचार/भावना पैदा भई भविष्यमा SOCIAL PHOBIA पैदा हुने आन्तरिक (मनभित्र) वातावरण सृजना हुन्छ ।  कुनै वालकले मायाको कमी महशूस गरेको अवस्थामा पनि उसको आत्मविश्वासमा कमी आई भविष्यमा SOCIAL PHOBIA हुने सम्भावना बढ्छ ।

त्यस्तै आत्तिने समस्या भएका बाबुआमाका वच्चाहरुलाई SOCIAL PHOBIA (र अन्य आत्तिने रोग हरु पनि) हुने सम्भावना बढी हुन्छ । एक त यस्ता बाबु आमाले आफ्नो वच्चा लाइ विभिन्न कारण ले डर देखाउने हुन्छन, जसले वच्चामा सानैबाट डराउने बानि बस्न सक्छ । अर्को, आफ्नो बाबुआमाले जसरि तनाव वहन गर्छन वच्चाले पनि त्यहि नै सिको गर्न खोज्छ ।

उपचार

यस समस्यालाई उपचारद्वारा क्रमिक रूपले ठीक पार्न सकिन्छ । अवचेतन मनले सिकेर उत्पन्न भएको यो समस्यालाई अवचेतन मनबाट हटाउने मनोवैज्ञानिक उपायहरू गर्न सकिन्छ । मनोवैज्ञानिक उपचार पद्धतिमा यस समस्याको लागि केही वैचारिक र केही व्यावहारिक उपचारहरू छन् । उपचारको अर्को औषधिको प्रयोग हो । तर औषधि मात्र को प्रयॊगले यो समस्यामा  आशातीत सुधार आउन सक्दैन । औषधिले यस समस्याबाट ग्रसित व्यक्तिलार्इ  गरिने  मनोवैज्ञानिक उपचारमा भने निकै टेवा पुर्याउंदछ । मनोवैज्ञानिक उपचारको लागि सबैभन्दा उपयुक्त मनोबिज्ञ वा मानसिक रोग विशेषज्ञको सम्पर्कमा गई सल्लाह लिनु हुन्छ । औषधि उपचार को लागि चाही मानसिक रोग विशेषज्ञको सम्पर्कमै जान सल्लाह दिइन्छ ।

आफैं गर्नुहोस् आत्तिने रोग (Anxiety) को मनोवैज्ञानिक उपचार (क्लिक गर्नुहोस)

 

Dr Anupam Pokharel

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस