मेरो अनुभव मेरो यात्रा

मेरो डिप्रेसनको अनुभव

Posted Date: 2013-10-28

मेरो नाम रीता हो र अहिले म १८ बर्षकी भएँ । आज भन्दा २ बर्ष पहिले मलाई खुसी अनुभव हँुदैनथ्यो र मन खिन्न भइरहन्थ्यो । स्मरण शक्तिमा पनि ह्रास आइरहेको थियो ।  तुरुन्तैको कुरा तुरुन्तै बिर्सेजस्तो लाग्थ्यो ।  मलाई एकदम धेरै डर लाग्ने, मर्छु कि जस्तो महसुस हुनुका साथै शरिरले साथ नदिएको जस्तो भान हुन्थ्यो । मलाई त्यस्तो समस्याहरु देखिन थालेको एक महिना पछि मात्र मेरो परिवारका सदस्यहरुले थाहा पाएर मलाई अस्पताल लग्नु भयो । अस्पताल गइसकेपछि मलाई मानसिक रोग लागेको थाहा भयो । त्यसपछि मैले औषधि खान थालेँ र ५/६ महिना पछि मात्र मलाई निको भएको थियो । औषधिले म निदाउथे अनि बिस्तारै समस्या कम हुदै गएको थियो । २/३ दिनमा देखिने समस्या १/२ हप्तामा मात्र देखिन थालेको थियो र औषधिले २ महिना पछि मात्र धेरै काम गरेको थियो । औषधिले गर्दा म धेरै मोटाएको थिएँ र एकदम धेरै टाउको पनि दुख्थ्यो ।

मानसिक रोगले मेरो पढाईमा पनि धेरै नै असर गरेको थियो । साथीहरुले मलाई पढ्नमा र नोटबुकमा सहयोग पनि गरेनन् । साथीहरु लगायत घर वरिपरिका मान्छेहरुले मलाई जहिले पनि नराम्रो व्यबहार गर्ने, अनि केही भन्यो भने तँ बहुलाएर यस्तो कुरा भनेको भनेर मानसिक दबाब दिन्थे । जसले गर्दा मलाई झनै चिन्तित बनाउँथ्यो ।

यो रोगले मेरो आत्मविश्वासमा धेरै असर गरेको थियो । म केही गर्ने सक्दिन जस्तो भएको थियो । मैले पढाई पनि छोडने निर्णय गरिसकेकी थिएँ । अब म ठुलो मान्छे पनि हुदिन, मेरो लक्ष्य अधुरो नै रहने, मेरो जिवनमा कहिले केही नहुने, सबै डामाडोल भईसक्यो जस्तो भएको थियो । सबै नराम्रो भएको थियो ।

तर परामर्श सेवाको सहयोगले मेरो आत्मविश्वासलाई बढाएको थियो । मनोसामाजिक परामर्शले म पनि अरु जस्तै सक्षम छु र यस्तो समस्या भयो भनेर निराश नहुनलाई सहयोग भयो । मेरो परिवारमा मलाई सबैभन्दा बढी सहयोग बुबाले गर्नुभयो, यो अन्य रोगहरुझैँ सामान्य हो र केहि समयमै निको हुन्छ भनेर सधैं हौसला दिरहनुहुन्थ्यो ।

म जस्तै रोग लागेको मान्छेहरुलाई निराश नहुने, आत्मविश्वासलाई बडाउने, आत्महत्या गर्छु भनेर सोच्ने होइन कि केही गर्नु सक्छु भनेर सकारात्मक सोच्ने सल्लाह दिन्छु ।
अनि मानसिक रोगीहरुलाई हेला गर्नेहरुले पनि यो रोग अन्य रोगहरुझैं निको हुन्छ भनेर बुझिदिन आग्रह गर्छु । उनीहरुलाई लत्याउनु भन्दा उनीहरुको आत्मविश्वास बडाउन सहयोग गर्नुपर्छ भन्न चाहन्छु ।

- सुलभ राज उप्रेतीले (www.mentalhealthnepal.com) गरेको कुरकानिमा आधारित

 

आफ्नो मानसिक समस्याको अनुभव र यात्रा हामी संग साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामी तपाईको गोप्यता कायम राख्छौं । तपाइको सत्यकथा प्राप्त भएपछी उपयुक्त भएमा माथि अपलोड गरिने छ |

More Stories

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस