आकस्मिक घटनाहरू मानिसको जिन्दगीमा घटी नै रहन्छन् । यस्ता कतिपय घटनाहरू तनावदायक पनि हुन्छन् । कतिपय तनावहरू क्षणिकमात्र हुन्छन् । तर यी क्षणिक तनावहरूबाट सही प्रकारले निकास नपाएमा यिनका असर निकै भयानक पनि हुन सक्दछन् । तीव्र क्षणिक तनावले मानिसको राम्ररी सोच्न सक्ने क्षमतामा असर गर्दछ । फलतः निर्णय लिनसक्ने क्षमतामा ह्रास आउछ । आत्तिएर मानिसले गलत निर्णय लिन पुग्ने हुन्छ र परिणाम भयावह र दूरगामी हुन सक्दछ । उदाहरणको लागि: पहिले कुनै मानसिक समस्या नभएको मानिसले एक्कासि तनावको कारणले आत्महत्या पनि गर्न सक्दछ ।
View moreमनोवैज्ञानिक उपचार पद्धतिमा असामान्य वैचारिक तथा भावनात्मक समस्याहरूलार्इ बिशेष तरिकाद्वारा सामान्य अवस्थामा रूपान्तरित गर्ने प्रयासले विभिन्न तरिकाहरू अपनाइन्छ । यस्ता पद्धतिहरू संख्यात्मक रूपले निकै धेरै भए तापनि मुख्यलाई तल वर्णन गरिएको छ ।
View moreहाम्रो समाजमा मानसिक समस्याहरूको बारेमा जानकारी बिस्तारै बढ्दै छ। क्रमिक रूपले मानसिक समस्याहरूको उपचारमा संलग्न जनशक्तिको संख्या पनि बढ्दो क्रममा छ। यी पक्षहरू परम्परागत रूपले ध्यान नपुगेको तर मानव जातिको स्वास्थ्य दिनचर्यामा निकै नोक्सान पुर्याउने मानसिक रोगहरूको निदानको परिप्रेक्षमा निकै महत्वपुर्ण छन्। यसको फलस्वरूप विभिन्न मानसिक रोगहरुको उपचारको लागि स्वास्थ्यकर्मिसंग सम्पर्क गर्ने प्रबृत्ति बढ्दो छ। तर मानसिक रोगका औषधिहरूको बारेमा उचित र आवश्यक जानकारीको अभावले औषधिहरू सही तरिकाले सही अवधिसम्म प्रयोग नभएका धेरै उदाहरणहरू भेटिएकोले यस सन्दर्भमा जानकारी दिन खोज्नु यस लेखको उद्देश्य हो ।
View more