लेख / ब्लग / अन्य प्रकाशन / समाचार

एसएलसीमा असफलता र मानसिक अवस्था : विद्यार्थी तथा अविभावकलाई सल्लाह

Posted Date: 2013-06-12

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

 

हामी हरेक वर्ष पत्रपत्रिकामा एसएलसीमा असफल भएका केही विद्यार्थीको आत्महत्याको बारेमा पढ्छौं । यस वर्षको एसएलसीको पनि भर्खरै नतिजा निस्कियो । सायद हामी फेरि पनि यस्ता दुःखद समाचार पढ्ने छौं– प्रवेशिका परिक्षा असफल भएर फलानो सहरको फलानो बालक/बालिकाले आत्महत्या गरे भनेर।

संसारभरी नै युवाहरूको मृत्यु हुने प्रमुख कारणमध्ये एक आत्महत्या हो । जुन देशहरूमा शिक्षा बढी प्रतिष्पर्धी हुन्छ र समाजिक पहिचानस“ग जोडिएको हुन्छ, परीक्षामा आशातीत सफलता नआउ“दा आत्महत्या गर्ने प्रवृत्ति बढी देखिएको छ । यस सन्दर्भमा म विद्यार्थी तथा अभिभावकहरुलाई केही कुरा अनुरोध गर्न चाहन्छु ।

विद्यार्थीहरूलाई अनुरोध

१. यदि एसएलसीमा आशा अनुरुप सफलता पाउनुभएन भने तपाईंलाई नरमाइलो लाग्नु स्वाभाविक नै हो । यस्तो अवस्थामा निराश विचारहरू आउन सक्दछन् । आफ्नो भविष्य तपाईंलाई अन्धकार लाग्ला । भविष्यमा जे गर्छु भन्ने सोच्नुभएको थियो, त्यो टाढा पुगेको देख्नुहोला । यदि जा“चमा फेल भइयो भने यो निश्चित नै हो कि तपाईंको योजनामा केही दखल पुग्दछ । तर यदि हामीले हामी वरपर ध्यान दिएर हे¥यौं भने हामी थुप्रै मानिसहरू– जो अहिले सफल भनिन्छन्– कुनै समयमा एसएलसी असफल या तल्लो श्रेणीमा उत्तीर्ण भएकाहरू भेट्दछौं । असफल हुनु भनेको मात्र ठेस लाग्नु हो भन्ने बुझ्नुहोला ।

२. परीक्षामा असफल भएमा या थोरै अंक आएमा तपाईंलाई बाबु आमाले गाली गर्नुहोला । ‘तैले मेरो इज्जत फालिस्’ भन्नुहोला । एकपटक उहा“हरूको ठाउ“मा उभिएर सोच्नुहोस् त– कति मेहनत गरेर, आफ्ना छोराछोरीको भविष्यको लागि उहा“हरूले आफ्ना कति इच्छा आकांक्षाहरूलाई पछाडि धकेल्नुभएको होला । आफ्नो पेट काटेर तपाईंलाई ट्युसन पनि पढाउनुभएको होला । नतिजा नराम्रो आएमा तपाईस“गै उहाँहरूलाई पनि गाह्रो हुन्छ । त्यस्तो अवस्थामा उहाँहरूले आफूलाई सम्हाल्नुपर्ने हो । तर गाली गरिहाल्नुभएछ भने माया नै ठान्नुहोला । माया नगर्ने भए उहाहरूले किन पीर गर्नुहुन्थ्यो र ?

३. हामी असफल हु“दा अरु कोही या हाम्रा धेरै साथीहरू सफल भएछन् भने हाम्रो दुःख माथि लाज पनि थपिएला । हामीलाई अनुहार देखाउन पनि गाह्रो होला । तर हामीले आफ्नो प्रतिद्वन्दी अरूलाई होइन आफैलाई ठानेर दुई चार दिनको आरामपश्चात् अझै बढी जोशले अझै राम्रो गर्छु भन्दा बेश होला कि ?

४. जब तनाव निकै गहिरो हुन्छ, जब आफू नकारात्मक भावनामा चुर्लुम्म डुबिएको हुन्छ, कुनै ठूलो निर्णय सकेसम्म नलिनुहोला । केही समय प्रतिक्षा गर्नुहोस्, आवेग शान्त हुन दिनुहोस्, ठन्डा दिमागले सोचेर मात्र निर्णय लिनुहोस् । तपाईंको जीवन एसएसलसीको नतिजाभन्दा निकै मूल्यवान छ ।

बाबु–आमा तथा अभिभावकसँग अनुरोध

१. जाँच समाप्त  भइसक्यो । अब गाली गरेर केही फाइदा छैन । तपाईं आफ्नो छोराछोरीको पढाइको बारेमा जति चिन्तित हुनुहुन्छ, तपार्इंलाई नदेखाए पनि तपाईका छोराछोरी त्यतिकै वा अझ बढी चिन्तित भएका हुन सक्छन् । तयारी राम्रो/नराम्रो जस्तो गरे पनि, पास हुने इच्छा सबैमा हुन्छ । यदि दुर्भाग्यवश तपाईं्रको सन्तान असफल भएमा तत्कालै गाली नगर्नुहोला । असफलताको असर उसमा कस्तो प¥यो भन्ने सोच्नुहोला ।फेल भइसकेपछि गाली गरेर तपाईंको रीस तत्कालको लागि कम होला । तर तपार्इंको गालीले कहिलेकाहीं असफलताको पीडाले निराश भएको तपाईंको सन्तान आत्महत्यातर्फ धकेलिन पनि सक्छ ।

२. तपाईं सोच्नुहोला, यतिका वर्ष यत्रो मेहनत र दुःख गरेर पढाएको खेर फाल्यो, त्यसलाई गाली नगरी माया गर्ने त ? यसो ठन्डा दिमागले सोच्नुहोस्, असफल भएको बेलामा माया नै गर्ने हो नि आफ्नो सन्तानलाई, होइन र ? फेल ह“ुदा माया गरे फेरि अर्को वर्ष नपढ्ला भनेर सोच्नुहोला । हो, त्यसको कुनै ग्यारेन्टी छैन । तर, यस्तो अवस्थामा गाली गरेमा राम्रो हुने पनि कुनै ग्यारेन्टी छैन तर नराम्रो हुने सम्भावना चाहिं छ । नराम्रो भन्नाले– लागूपदार्थ दुव्र्यसनदेखि आत्महत्यासम्म जे पनि हुन सक्ने सम्भावना छ ।

३. तपाईं सोच्नुहोला– मेरो सन्तानले लागूपदार्थ प्रयोग गर्दैन । तपाई यो पनि सोच्नुहोला– मेरो छोरा/छोरीले आत्महत्या गर्दैनन् । वास्तविकता तपाईलाई बुझाउन गाह्रो छैन– लागूपदार्थ दुव्र्यसनीमा आत्महत्या गर्ने विद्यार्थीहरु पनि कसै न कसैका सन्तान नै हुन् । त्यस्ता धेरैजसो बाबु–आमाले तपाईले झैं आफ्नो सन्तान बाटो विराएको सुरुमै थाहा पाएका नहुन सक्छन् ।

४. आजभोलि हामी मानसिक स्वास्थ्यको बारेमा पहिलेको भन्दा सुसूचित छौं । डिप्रेसन (उदासीपनाको रोग) बारे हामीलाई केही जानकारी छ । हामीमध्ये कैयौं अझै पनि यो मनको कमजोरी भन्ठान्छौ । आत्महत्या गर्ने/गर्न खोज्ने मान्छेलाई हामी कमजोर व्यक्तित्व भएको मानिस भन्ठान्छौ । मानसिक अवस्था र कठिन परिस्थितिले आत्महत्यासम्म धकेलिएको व्यक्तिलाई त्यस अवस्थामा कमजोर मान्न पनि सकिएला । यस्ता मानिसहरू सहायता, समर्थन र उपचारले एक सवल नागरिकको रूपमा जीवनयापन गर्न र समाजमा योगदान दिन सक्छन् ।

आफूले पहिला आत्महत्या गर्न खोजेको प्रायः मानिसले भन्दैनन् । तर एक मानसिक रोग विशेषज्ञको नाताले मैले यस्ता धेरै मानिसको सम्पर्कमा आएको छु । अभिभावकहरुमा म के विनम्र अनुरोध गर्न चाहन्छु भने– यदि तपाईको सन्तान बढी आत्तिने, उदास हुने, खान रचि नगर्ने, सुत्न खोज्दा बढी छटपटाउने र एकान्त रुचाउने भएमा डाक्टरस“ग जँचाउन लग्नुहोस् । सबै डाक्टरहरूले मानसिक रोगको राम्रो जानकारी राख्दैनन्, राम्रो जानकारी राख्ने डाक्टरको बारेमा सोधखोज गर्नुहोस् । क्लिनिकल साइकोलोजिष्ट (मनोविज्ञ)को सम्पर्कमा जानु अर्को उपयुक्त कदम हो । मानसिक रोगको उपचार धेरै कम विद्यार्थीलाई जरुरत पर्ला । सबैभन्दा बढी जरुरत एक असफल विद्यार्थीलाई तपाईंको मायाको छ ।

के तपाइलाई यस समस्यामा विध्यालयको पनि भूमिका हुनुपर्छ जस्तो लाग्छ? लाग्छ भने यहां क्लिक गरि आफ्नो बिचार व्यक्त गर्नुहोस्।

यो पनि पढ्नुहोस् ।

 

11 June 2013 मा राजधानी दैनिकमा प्रकाशित् । लेखक: डा. अनुपम पोखरेल

 

 

आत्महत्याबारे बिस्तृतमा…                डिप्रेसनबारे बिस्तृतमा…      तनाव बहन गर्ने तरिकाहरु …..

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस