मानसिकरोगहरूमा प्रयोग गरिने औषधिहरू – डिप्रेसनको औषधि भाग २: एस एस आर आइ (SSRI वा SELECTIVE SEROTONIN REUPTAKE INHIBITOR ANTIDEPRESSANT)
फ़्लुओक्जेटिन (Fluoxetine), सर्ट्रालिन (Sertraline) फ्लुभोक्जामिन (Fluvoxamine) सिट्रालोप्राम प्यारोक्सेटिन (Paroxetine), (Citapopram) र एससिट्रालोप्राम (Escetalopram)
प्रयोग
यी औषधि को प्रयोग मुख्यतया डिप्रेसन र आत्तिने रोग (Anxiety) मा गरिन्छ । Obsessive Compuslive Disorder र महिनावारीको अघि पछि हुने मानसिक उथलपुथलमा पनि यी औसधि को प्रयोग हुन्छ ।
असर
यी औषधीले काम गर्न केही समय लाग्छ । कसै कसै लाई एक हप्तामै लक्षण काम हुन थाले पनि धेरै जस्तो अवस्थामा झन्डै दुई हप्ता लाग्छ । पूर्ण रूप ले फाईदा हुन चार देखि आठ हप्ता लाग्छ । सबै मानिसलाई फाईदा गर्छ भन्ने पनि छैन् । केही मानिसहरूमा यी औषधी ले शुरुमै कडा नकारात्मक असर ल्याए औषधी नचलाउने अवस्था पनि ल्याउन सक्छ । यसको लागि तपाइँले आफ्नो चिकित्सक संग सल्लाह गर्नु पर्छ ।
यी औषधिले ल्याउन सक्ने हानिकारक समस्या
समग्रमा भन्नु पर्दा यो समूहका औषधीहरूको हानिकारक प्रभाव कम भहेकोले गर्दा डिप्रेसन र आत्तिने रोग मा प्रयोग गरिने औषधी मद्धे यो समूह क औषधीहरू संसारभरी बढी प्रचलित छन ।
यी औषधीहरू को मुख्य समस्या वाकवाक लाग्नु हो । यो समस्या Fluoxetine मा बढी हुनसक्छ भने त्यस पछी बजार मा आएका SSRI मा क्रमिक रूप ले कम वाकवाक लाग्छ ।
यौन ईच्छामा कमी आउनु र चरमोत्कर्श निकै ढिलो गरि आउनु यस समूहका औषधी को अर्को मुख्य समस्या हो ।
त्यस्तै अरुची हुने, राम्रो निन्द्रा नपर्ने, रिङटा लाग्ने, मुख सुख्खा हुने, छ्ट्पटी हुने, बढी पसिना आउने अन्य सामान्य हानिकारक समस्या हुन । कहीले काहिँ पखाला पनि लाग्न सक्छ । कसैकसैलाई चाँही धेरै निन्द्रा लाग्छ ।
केही मानिस लाई तौल बढ्ने समस्या पनि हुन सक्छ । धेरै कम अवस्थामा चाहिँ बान्ता या दिसामा रगत् आउने, हातखुट्टा या गर्दन को माँशपेशी कडा हुने पनि हुन सक्छ । आक्कल झुक्कल पिसाब रोकिने पनि सुनिन्छ ।
ज्यादै कडारूपमा यी समस्याहरू प्रकट भएमा कहिलेकाहीं औषधि नै बन्द गर्नुपर्न हुन सक्दछ ।
यी औषधीहरू बिहान खान संगै या लगत्तै लिएमा पेट्सम्बन्धी र निन्द्रा सम्बन्धी नकारात्मक असर कम हुन सक्छ ।
को बढी सावधान हुनु पर्छ ?
•गर्भवती ले Paroxetine नलिएको राम्रो
•अन्य रोगको औषधी पनि सेवन गरिरहेकाहरू । बिशेशत: Fluoxetine लिइरहेकाले यस्को अरु औषधी सँग कस्तो प्रतिक्रिया हुन सक्छ भनि आफ्नो डाक्टरलाई सोध्नु होला । जस्तै: संगै Tramadol (दुखाइ गर्ने एक प्रकार को औषधी) या अन्य Antidepressant लिइरहेको छ भने SSRI लिएमा Serotonin Syndrome भन्ने एक जटिल अवस्था आउन सक्छ ।
•यदि आत्महत्याको बिचार आइरहेको छ भने औषधी शुरु गर्ना साथै बिशेष ध्यान दिनु पर्छ किनकी यी औषधीले कहिलेकाहिँ उत्तेजित परिदियो भने त्यस्तो अवस्थामा आत्महत्या को सम्भावना बढन सक्छ ।
•Citalopram ४० मिलिग्राम भन्दा नबढाउनुहोस्
•पेटको अल्सर भएकोले Fluoxetine सकेसम्म नलिनुहोला । लिनै परे साथमा अल्सरको औषधी पनि खानु पर्ने हुन सक्छ ।
यी औषधि डाक्टरको सल्लाह बिना प्रयोग नगर्नुहोला ।
लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया