यो एक प्रकारको मानसिक रोग हो । यो रोग साइकोसिस अन्तर्गत पर्दछ । यस रोगमा पीडित व्यक्तिले आफूमाथि षडयन्त्र भैरहेको छ या अरूहरूले आफूलाई हानी गर्ने कार्य गर्दैछन् भन्ने कुरामा यति बलियो विश्वास राख्दछ कि त्यसको विरुद्धको प्रमाण नै ल्याएको अवस्थामा पनि ऊ स्वीकार्न तयार हु“दैन । यस्तो व्यक्तिले कहिलेकाहि“ ऊबारे कुरा गरिरहेको आवाजहरू पनि सुन्दछ । कहिलेकाहि“ आफ्नै सोच प्रष्ट आवाजको रुपमा सुन्दछ । यस्ता केही विरामीहरू रेडियो र टेलिभिजनले आफ्नो बारेमा प्रसारण गर्दछन् भन्ने कुरामा विश्वास गर्दछन् । केही भने यसो र उसो गर्नु भनेर अह्राउने खालका आवाजहरू सुन्दछन् । त्यस्तै कही विरामीहरू आफूले सोचेको कुराहरू अरूले थाहा पाए भन्ने कुरामा विश्वास गर्दछन् ।
पारानोइड (Paranoid) को अर्थ ‘आफू केन्द्रीत’ भन्न सकिन्छ । माथि उल्लेखित प्रायजसो लक्षणहरू उक्त व्यक्ति केन्द्रीत भएकोले यस प्रकारको रोगलाई पारानोइड स्किजोफ्रेनिया भनिएको हो ।
उदाहरण:
पुरुष, उमेर २६ वर्ष, विद्यार्थी र अविवाहित । ऊ साथीहरूसंग बस्थ्यो र एक रेष्टुरेन्टमा काम गथ्र्यो । क्रमिक रुपले ऊ काममा ढिला पुग्न थाल्यो । किन ढिलो आएको भनेर सोध्दा शुरुमा ऊ अन्कनाउथ्यो । तर पछि उसलाई केही मानिसहरूले पिछा गरेको कारणले ती मान्छेहरूलाई छल्दा छल्दै लामो बाटोबाट हिड्न पुग्दा ढिलो भएको बताउन थाल्यो । पहिला उसलाई ती मानिसहरू को हुन थाहा थिएन । तर पछि उसले केही सम्भावित मान्छेहरू ठम्याउ“छु भन्न थाल्यो । रेस्टुरेन्टमा काम राम्ररी नै गरिरहेको थियो । तर विस्तारै रेस्टुरेन्टको काम पनि लतपत हुन थाल्यो । बेलाबेलामा ऊ टोलाएको जस्तो देखिन्थ्यो । अनुहारमा तनाव र उदासी पनि देखिन्थ्यो । एकदिन उसले आफूसंगै काम गर्ने साथीलाई भन्यो– तीनीहरू दुईचार दिनदेखि त यहीसम्म आइपुगिसके नि । ऊ बेलाबेलामा काम गर्न छोडेर भान्छाको ढोकासम्म पुगेर ग्राहकहरू के कुरा गर्दैछन् सुन्न खोज्थ्यो । को को छन् हेर्न जान्थ्यो । साथीले के गरेको भनेर दुई चार दिन निकै जोर गरेपछि– ‘तिनीहरू त मलाई मार्ने र नसके कमसेकम फसाउने भनेर प्लान गर्दैछन् नि’ भनेर भन्यो । साथीले त्यस्तो होइन होला भन्दा, ऊ अलि राम्ररी सुन्न, तिनीहरू बेलाबेलामा मेरो बारेमा कुरा गर्छन् भन्थ्यो । साथी छक्क पथ्र्यो । पछि साथीले अरूसंग सल्लाह गरेपश्चात उक्त व्यक्तिलाई मानसिक रोग लागेको हुन सक्ने सोचेर उसलाई एक पटक डाक्टरस“ग जचाउने कि भन्यो । तर असर भने उल्टो प¥यो । उसले साथी पनि उनीहरूस“ग मिलेछ र उसलाई मार्ने षड्यन्त्रमा लागेछ भनी सोच्न थाल्यो । एकदिन ऊ पुलिस स्टेशन गयो र आफ्नो ज्यान खतरामा रहेको भन्ने कुरा यकिनका साथ भन्यो । पुलिसले के प्रमाण छ भन्दा उसले पुलिसलाई खासै विश्वास दिलाउन सकेन । त्यसपछि ऊ पुलिसको पनि विश्वास नहुने रहेछ भन्दै आफ्नो ज्यान आफैले जोगाउनु पर्दो रहेछ भनेर साथमा चक्कु लिएर हिड्न थाल्यो । त्यसै क्रममा एकदिन उसले आफ्नो साथी र एक अर्को मानिसले कुरा गरेको सुन्यो– ‘त्यसलाई आज राती ठिक पार्नुपर्छ नि ।’ उसले सोच्यो यो उसलाई मार्ने योजना हो र उसले आफ्नो ज्यान बचाउन पहिले त्यो साथीलाई सिध्याउनु पर्ने ठान्यो ।
माथिको उदाहरण काल्पनिक भएपनि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने धेरैले पटक पटक सुनेको सत्य घटना जस्तै हो भन्दा धेरै फरक पर्दैन । पहिलो हरफमा वर्णित सम्पूर्ण लक्षणहरू माथिको उदाहरणमा नभएता पनि मुख्य रुपले निम्न दुई लक्षणहरु भने छन्:
१ DELUSION : नभएको कुरामा विश्वास गर्नु ।
२ AUDITORY HALLUCINATION: अरुले नसुनेका/हुँदै नभएका आवाजहरू सुन्नु ।
यी लक्षणहरु कम से कम एक महिनासम्म रहेको अवस्थामा स्किजोफ्रेनिया र पारानोइड अर्थात ‘आफू केन्द्रीत’ लक्षणहरु भएमा पारानोइड स्किजोफ्रेनिया (PARANOID SCHIZOPHRENIA) भनिन्छ ।
यस्तो रोगले ग्रसित व्यक्ति क्रमिक रुपले समाजमा एक्लिने, काममा ध्यान दिन नसक्ने, जागिर गुमाउने मात्र नभई घरबार विहीन भएर सडकको बास हुने थुप्रै दृष्टान्तहरु पाइन्छन् । त्यतिमात्र होइन यस्तो सोचाई र आभाष (मिथ्यामाष)को कारणले तनावमा आई तिनीहरुले मार्नु भन्दा अगाडि मै मर्छु भनेर आत्महत्या गरेका उदाहरणहरु पनि छन् । त्यस्तै आफूले सोचेको आफूलाई मार्न आउने व्यक्तिको हतियारको प्रयोग गरी हत्या गरेको मानिसहरु जेल परेको उदाहरणहरु पनि छन् ।
माथि उल्लेखित लक्षणहरू उक्त व्यक्तिले कल्पना गरेको होइन । यो उक्त व्यक्तिको दिमागको खास खास भागमा गडबडी भएर उत्पन्न रोगी अवस्था हो । औषधी विज्ञानमा भएको विकासले यी लक्षणहरूलाई औषधीको प्रयोगद्वारा नियन्त्रणमा ल्याउन सकिन्छ । औषधीको प्रयोग लामो समयसम्म गर्नुपर्ने हुन्छ । राम्रो पक्ष के छ भने उपचार पश्चात पूर्ण रुपमा लक्षणहरू नियन्त्रणमा आएर सफल र सुखी जीवन व्यतित गर्नेहरु हामी माझ धेरै छन् ।
औषधि उपचारको बारेमा यहाँ क्लिक गर्नु होला ।
अर्को पटक: यस्तो रोग लागेको व्यक्ति संग कसरि व्यवहार गर्ने र उपचार मा औषधि बाहेक अन्य के के कुरा महत्वपुर्ण हुन्छन ?
लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया
पिपलबोट अस्ट्रेलियामा 1-18 October 2014 मा प्रकाशित (Page 22)