लेख / ब्लग / अन्य प्रकाशन / समाचार

प्रश्न: म धेरैजसो उदास रहन्छु…..

Posted Date: 2013-06-04

प्रश्न: म धेरैजसो उदास रहन्छु । मेरो स्मरण शक्ति कम भएर गएको छ । शरीर पनि गलिरहने अनुभव हुन्छ । टाउको लगातार दुखिरहन्छ । पहिले अलि अलि डर लाग्थ्यो, जुन अहिले निकै कडा भएको छ । भीडमा बढी डर लागेर बेहोस होला जस्तो लाग्छ । यसले गर्दा मेरो दिनचर्यामा निकै असर परेको छ ।
उत्तर:  तपाइको समस्या विभिन्न कारणले गर्दा भएको हुनसक्छ । रक्सि को लामो समय सेवन गरेमा पनि यस्तो हुन सक्छ । यो कुरा तपाइँले खुलाउनु भएको छैन । रक्त अल्पता, हर्मोनको समस्या  या केहि अन्य शारीरिक रोगमा यी समस्या हुनसक्ने भएता पनि तपाइँलाइ डिप्रेसन र आत्तिने रोगका लक्षणहरु एकैसाथ भएको पनि  हुनसक्छ । कतिपय अवस्थाहरूमा यस्ता लक्षणहरू तनावद्वारा पनि सृजित हुन्छन् । तनावलाई जति राम्ररी हामी निकास दिन्छौं,  त्यसको नकारात्मक असर त्यति नै कम हुन्छ । यसका लागि विभिन्न तरिकाहरू छन्– जुन वास्तवमा तपाइलाई पहिलेदेखि नै थाहा हुन सक्छ । उदाहरणकोलागि आफ्नो समस्याबारे त्यसलाई बुझ्न सक्ने व्यक्तिहरूमाझ छलफल गर्नु, समस्यालार्इ  पालेर राख्नु सट्टा उपयुक्त समाधान खोज्नु, आदि । योगासनहरूबाट (जस्तै शवासन) पनि तनावको असर कम गर्न सकिन्छ । दैनिक ब्यायाम शुरु गर्नुहोस र आफुलाई प्रसन्न पार्ने कामहरु गर्नुहोस । लागु पदार्थ लिनुहुन्छ भने कम गर्नुहोस र रोक्नको लागि डाक्टरको सल्लाह लिनुहोस् ।  बिचारहरुलाई परिवर्तन गर्ने बिधिले पनि तपाइलाई सहायता गर्न सक्दछ । यसको लागि मनोबिज्ञ या मानसिक रोग बिशेसज्ञले सहायता गर्न सक्छन । आवश्यक भए रगत र पिसाब या अन्य जाचहरू पश्चात औसधिको जरुरत पर्न सक्छ । यदि तपाइलाई यी लक्षणहरु एक्कासी उत्पन्न  भएको अवस्थामा चाही ढिलो नगरी डाक्टरलाइ देखाउनु होला । तपाइको डाक्टरले शारीरिक समस्या छैन र रगत, पिसाब र अन्य उपयुक्त जांच गर्दा केहि खराबी भेटिएन भने,  र माथिको तरिकाले ठिक भएन चाही तपाइले मानसिक औषधि खानुपर्ने हुन सक्छ ।

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस