प्राकृतिक प्रकोप पश्चात गरिने उद्वार क्रियामा धनजनको क्षति न्यूनीकरण, घाइतेको उपचार, तत्काल राहत र विभिन्न सरुवारोगको रोकथाम महत्वपुर्ण हुने नै भए। पछिल्ला केहि बर्षहरुमा प्राकृतिक प्रकोप पश्चात पर्ने मानसिक असरको बारेमा पनि अनुसन्धानहरुले हाम्रो जानकारी बढाएका छन्। प्राकृतिक प्रकोप पश्चात हुने मानसिक असरहरु दूरगामी हुन सक्छन। डिप्रेसन र Post Traumatic Stress Disorder प्राकृतिक प्रकोप पश्चात बढी हुन्छन। आत्महत्या पनि प्राकृतिक प्रकोप पश्चात बढी भएको पाइएको छ ।
यी मानसिक असर तथा समस्याहरु प्राकृतिक बिपत्तिका पिडितलाइ मात्र होइन कि उद्धार कार्यमा सम्मिलितहरुमा पनि बढी देखिएको छ। विदेशमा काम गर्न गएकाहरुले नेपालमा आफन्त गुमाएको अवस्थामा त्यसको चोटले उत्पन्न हुनसक्ने मानसिक असरले नसोचिएको स्थिति नल्याउला भन्न सकिंदैन।
कृपया आफु नजिककाको शारीरिक स्वास्थ्य साथ साथै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुहोस । आफन्त या बासस्थान गुमाएकाहरुको मानसिक स्वास्थ्यमा बिशेष ध्यान दिनुहोस ।संगै काम गरिरहेका उद्दारकर्मी साथीहरुको भावनात्मक स्थितिमा पनि ध्यान दिनुहोस ।
यदि विदेशमा हुनुहुन्छ र तपाइको साथीले कोहि आफन्त गुमाएको छ भने उसलाई तपाइले साथ त दिनुनै हुने छ । तर ऊ निराशा र वियोगमा चुर्लुम्म डुबेर कुनै गलत निर्णय र आफुलाई हानि गर्ने काम गर्ला भनेर सजग हुनुपर्छ । यदि मेशिन चलाउनुपर्ने काम छ भने ध्यान कम भएको अवस्थामा दुर्घटनाको सम्भावना बढ्छ । तपाइले आफै कोहि गुमाउनु भएको छ भने यो पिडाको क्षणमा कसैको साथ निकै सहयोगी हुन्छ।
लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया