Share this
साइकोसिस (पागलपन) का लक्षणहरू:
यी रोगीहरुले सामाजिक परिप्रेक्ष् मा अमिल्दो व्यवहार गर्ने भएको, कुराकानीमा पनि गडबडी भेटिने र आफ्नो दिमागी असन्तुलन ठम्याउन नसक्ने हुनाले पागलपन भन्ने गरिएको हो । यस समूह अन्तर्गत विभिन्न कडा मानसिक रोगहरु पर्दछन । विभिन्न पागलपन रोग अनुसार लक्षणहरु (क्लिक गर्नुहोस्) र उपचार पनि फरक फरक हुन्छ ।
डिप्रेसनका प्रमुख लक्षणहरू
- उदासीपना लगभग सधैं भइरहनु
- खुशी महसुस गर्न असमर्थ हुनु
- इच्छाहरू मरेर जानु
- नकारात्मक र निराशावादी विचार आउनु
- मर्न मन लाग्नु
- ध्यान केन्द्रित गर्न गाह्रो हुनु
- विर्सने बानी भएको महसुस हुनु
- जिउ भारी हुनु, गल्नु वा दुख्नु
- टाउको भारी हुनु, गल्नु वा दुख्नु
- चिडचिडाहट हुनु
- निद्रा गडबडी हुनु
- खाना रुची कम हु¬दै जानु
- यौन इच्छामा कमी आउनु
यी लक्षणमध्ये तीन चार लक्षणहरू लगातार दुई हप्ता वा बढी लगातार वा दिनहुँ रहेमा डिप्रेसन भनरे शंका गर्नुपर्ने हुन्छ ।
आत्तिने रोगका लक्षणहरू:
- डर, त्रास, भय: अत्यधिक डर लाग्नु, औसत मानिस भन्दा बढी चिन्तित हुनु, सामान्य अप्ठ्याराहरूलाई भयंकर ठान्नु
- शारीरिक लक्षणहरू : मुटु काप्ने, श्वास फेर्न गार्हो भएको अनुभव हुने, जिउ या हात् खुट्टा काप्ने, चिटचिट पसिना आउने आदि
- शरीरमा तनाव भएको महसुस हुनु
- ईच्छा नलागेको विचार लागतार आउनु (Obsessive Compulsive Disorder को लक्षण हुन सक्छ)
- एक्कासी पहिले भोगेको पिडा या यातनाको याद् आउनु र एकदम छट्पटी हुनु (Post traumatic stress disorder)
- कुनै खास वस्तु या स्थानको कारण ले मन आत्तिनु (Phobia)
कुनै खास मानसिक रोग को बारेमा जान्न मन लागे Feedback (क्लिक गर्नुहोस्) मा गएर प्रश्न सोध्नुहोस् । हामी यो पेज लाई अपडेट गर्ने छौं ।