Antipsychotic (एन्टीसाइकोटिक औषधी ) मुख्य रूपमा साइकोसिसमा प्रयोग हुन्छ । Antipsychotic (एन्टीसाइकोटिक औषधी) को अन्य प्रयोग बाइपोलर डिसऑर्डर (Bipolar disorder ), कड़ा खाले डिप्रेशनमा डिप्रेशनको औषधी को साथमा, कड़ा खाले आतिने रोग (Severe anxiety disorder), टिक्स डिसऑर्डर (Tics disorder ) र शारीरिक अवस्था ले गर्दा आउने ब्यवहार को परिवर्तन जस्तै डिलीरीयम (Delirium ) आदि मा पनि गरिन्छ । यी औषधीले साइकोसिसमा हुनसक्नेअत्यधिक शँकालुपना र यसले ल्याएको डर त्रास, र Hallucination लाई नियन्त्रण गर्न सहायता गर्छन । साइकोसिसको बारेमा जानकारी लिन यहा क्लिक गर्नुहोस् ।
यी औषधीलाई मुख्यत दुई भाग मा बाँडिएको छ ।
First Generation (पहिलो/पुरानो पुस्ता)
हैलोपेरिडोल (Haloperidol ), क्लोरप्रोमाज़िन (Chlorpromazine ), ट्राइफ्लूपेराज़ीन (Trifluperazine ) थायोरिडाजिन (Thioridazine), फ्लुफेनाजिन (Fluphenazine) आदि यस समूहमा पर्दछन ।
Second Generation (दोस्रो पुस्ता)
रेस्पेरिडोन (Risperdone ), प्यलिपेरिडोन (Paliperidone) ओलान्जापिने (Olanzapine), एरीप्रिपाजोल (Aripriprazole ), एमिसलप्राइड (Amisulpride), क्विटियापिन (Quetiapine ) क्लोजापिन (Clozapine) आदि यस समूहमा पर्दछन ।
औषधिले ल्याउन सक्ने मुख्य समस्या (साइड इफेक्ट)
घाँटी बटारिने, जिउ कक्रक्क हुने, हातखुट्टा काँप्ने, छटपटि हुने (Extrapyramidal Symptoms) । यी मध्ये केही निकै भयावह देखिन सक्ने भए पनि खतरनाक पटक्कै छैनन् र सामान्य तथा सुलभ औषधिको प्रयोगले ठीक भइहाल्छन् । तर जिउ कक्रक्क हुने संगै ज्वरो पनि आएको छ भने तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्दछ । यस अवस्थामा रक्तचाप पनि बढेको भेटिएको छ भने स्वास्थ्यकर्मीले Neuroleptic Malignant Syndrome भन्ने एक विशेष अवस्थाको उपस्थितिको बारे जाँच गर्नुपर्छ । यी समस्याहरू दोस्रो पुस्ता को एन्टीसाइकोटिकमा कम हुन्छ ।
औषधिले ल्याउन सक्ने अन्य समस्या
लठठ् पर्ने, रिंगटा लाग्ने कमलपित्त (जन्डिस) हुने आदि । त्यस्तै कहिलेकाहिं बच्चा नभएको महिलामा पनि दूध आउन थाल्छ । यस्तो भएमा नआत्तिकन उपचार गर्न चिकित्सकसग सम्पर्क गर्नपर्दछ । यी औषधीले तौल पनि बढाइदिन सक्छन् । केही औषधीले लट्ठ पनि पार्न सक्छ ।
लामो समय प्रयोग गर्दा औषधिले ल्याउन सक्ने समस्या
यी औषधिहरु कहिलेकाहिं धेरै बर्षसम्म प्रयोग गरिरहनुगर्ने हुन्छ । लामो समयसम्म यी औषधिहरु लगातार प्रयोग गरेमा कसै कसैलाई हातखुट्टा निरन्तर काँपिरहने एक विशेषप्रकारको समस्या Tardive Dyskinesia उत्पन्न हुन्छ र यो एक पटक सुरु भएपछि निको हुन गाह्रो हुन्छ ।
लट्ठ पार्ने : क्लोरप्रोमाज़िन (Chlorpromazine ), ट्राइफ्लूपेराज़ीन (Trifluperazine ) थायोरिडाजिन (Thioridazine), रेस्पेरिडोन (Risperdone ), ओलान्जापिने (Olanzapine), क्विटियापिन (Quetiapine ) क्लोजापिन (Clozapine)
बढी मात्रामा तौल बढाउन सक्ने: क्लोरप्रोमाज़िन (Chlorpromazine ), ओलान्जापिने (Olanzapine), क्लोजापिन (Clozapine)
महिनाबारीमा गडबड गर्न सक्ने र स्तन बात दुध् आउने : रेस्पेरिडोन (Risperdone ), एमिसलप्राइड (Amisulpride), हैलोपेरिडोल (Haloperidol)
Extrapyramidal Symptoms र Tardive Dyskinesia: पहिलो/पुरानो पुस्ताको एन्टीसाइकोटिक औषधी मा तुलनात्मक रुपमा बढी देखिन्छ । तर दोस्रो पुस्ता को औशधिमा पनि यी समस्या देखिन् सक्छ ।
साइड इफेक्ट नियन्त्रण नभएमा औषधी परिवर्तन् गर्न सकिन्छ ।प्रायजसो साइकोसिस या अन्य कडा प्रकारका मानसिक रोगहरुमा लामो समय औषधि खानु पर्ने हुन्छ । तर केही पागलपनका समस्याहरूमा एक महिना मात्रै औषधि खाएर पनि रोगी पूर्णरूपमा ठीक हुन सक्दछ र कहिल्यै सो समस्या नबल्झिन सक्दछ ।
रुद्र के सी को प्रश्न: यो दबाइ क्लिनिकमा गएर (औशधी पसल् भन्नुभयेको होला) नजचाइ खान हुन्छ की हुँदैन । कति समय खानु पर्छ ?
उत्तर: यो औषधी मानसिक रोग को डक्टर लाई जचाएर शुरु गर्नु राम्रो हुन्छ । यदि मानसिक रोग को डक्टर भेट्नुभएन भने सामान्य डक्टर सँग जचाये पनि हुन्छ । आफ्नै सुरमा यो औशधी खाने र छोड्ने गर्न हुँदैन । एक पटक तल को लिन्क हेर्नु होला ।
मानसिक रोगमा प्रयोग हुने औषधीबारे थप् जानकारीको लागि यहाँ क्लिक गर्नुहोला । साइकोसिसबारे थप् जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।
लेखक: डा. प्रभाकर पोखरेल, मानसिक रोग विशेषज्ञ, काठमाडौं, नेपाल
सम्पादक: डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया