प्रयोग, समस्याहरू र सावधानीका उपाय
मानसिक रोग मा औसधि को प्रयोग क्रमिक रुप मा बढ्दो छ । हामी मानसिक रोग मा प्रयोग गरिने औषधिहरु बारे जानकारी दिने हेतुले पालै पालो यी औषधि को जानकारी दिने छौं । शुरुमा डिप्रेसनमा प्रयोग गरिने औषधि मद्धे सबै भन्दा पहिले प्रयोगमा आएका ट्राईसाइक्लिक एन्टीडिप्रेसेन्टको बारे चर्चा गर्ने छौं ।
ट्राईसाइक्लिक एन्टीडिप्रेसेन्ट (TRICYCLIC ANTIDEPRESSANT)
एमिट्रिप्टिलिन (Amitripryline), इमिप्रामिन (Imipramine), नरट्रिप्टिलिन (Nortriptyline), क्लोमिप्रामिन (Clomipramine), डक्सेपिन (Doxepin) र ट्राइमिप्रामिन (Trimipramine), डेसिप्रामीन (Desipramine) आदि
प्रयोग
यी औषधि को प्रयोग मुख्यतया डिप्रेसन र आत्तिने रोग (Anxiety) मा गरिन्छ । Obsessive Compuslive Disorder र दुख्ने समस्या (Neuropathic Pain) हरुमा पनि यी औसधि को प्रयोग हुन्छ ।
असर
यी औषधिको प्रयोगले शुरु मा निन्द्रा राम्ररी लाग्न थाल्छ । भोक हराएको छ भने बिस्तारै खान रुचि पनि बढ्न थाल्छ । क्रमिक रुप ले झन्डै दुइ हप्ता मा उदास या आत्तिएको मनस्थिति मा सुधार आउने हुन्छ । डिप्रेसन र आत्तिने रोगमा सुधार आउन औषधिको आवश्यक मात्रा व्यक्ति अनुसार फरक फरक हुन सक्छ । यसको लागि तपाइँले आफ्नो चिकित्सक संग सल्लाह गर्नु पर्छ ।
यी औषधिले ल्याउन सक्ने सामान्य हानिकारक समस्या र सावधानीका उपाय
औषधि शुरु गरे लगत्तै निन्द्रा लाग्ने या झुम्म हुने हुन सक्छ । जुरुक्क उठ्दा रिंगटा पनि लाग्ने हुन सक्छ । त्यस्तै मुख सुक्खा हुने र कब्जियत पनि हुन सक्छ । औषधिको मात्रा थोरै बाट शुरु गरेर बिस्तारै बढाउदा हानिकारक असरहरु कम हुन्छन । यसो गर्दा धेरैजसो व्यक्तिहरूमा हल्का रूपमा देखा पर्ने यी समस्या केहि दिनपश्चात् बिस्तारै हराउदै जान्छन् । पानी पटकपटक पिइरहेमा मुख सुख्खा हुने समस्या कम हुन्छ । उठ्दा जुरुक्क नउठी बिस्तारै उठने गरेमा रिंगटाले धेरै गार्हो पार्दैन । सागसब्जीको तुलनात्मक बढी प्रयोग गरेमा कब्जियत पनि नियन्त्रण हुन सक्दछ । केहि व्यक्तिमा यी असर देखा पर्दैनन् भने केहीमा निकै कडारूपमा यी लक्षण प्रकट हुन्छन् । ज्यादै कडारूपमा यी समस्याहरू प्रकट भएमा कहिलेकाहीं औषधि नै बन्द गर्नुपर्न हुन सक्दछ ।
अन्य हानिकारक समस्या (कम सम्भावना) : रगत को गडबडी, एलर्जी, छटपटी, पिसाब रोकिने, आँखा तिरिमिरी देखिने, मुटुको धड्कन धेरै तेज हुने र कहिलेकाही अनियन्त्रित तरिका ले धड्किने, छारेरोग जस्तै seizure आउने, confuse हुने, यौन संग सम्बन्धित गडबडी आदि । यी बाहेक अन्य हानिकारक समस्या पनि हुन सक्छन र त्यसको लागि तपाइले आफ्नो डाक्टरसंग सल्लाह गर्नुहोस ।
एउटै समूहको औषधि भए पनि यिनमा हानिकारक असर मा केहि फरक भने पाइन्छ । Amitriptyline, Doxepin (डक्सेपिन) र Trimipramine (ट्राइमिप्रामिन) ले अरु भन्दा बढी निन्द्रा लगाउछन र वजन पनि बढ़ाउछन् । Nortriptyline र Desipramine ( डेसिप्रामीन) को हानिकारक असर अरु भन्दा कम छन् ।
नया भन्दा यो समूहको हानिकारक असर बढी र कडा हुने हुनाले र Overdose लिएमा मर्ने सम्भावना बढी भएकोले यी औषधि को प्रयोग भन्दा नया औषधि को प्रयोग बढी हुन्छ । तर सस्तो हुनु र सहि प्रकारले प्रयोग गरेमा यी औषधि प्रभावकारी हुनु यो समूह को औषधिको नकार्न नसकिने पक्ष हुन् ।
को बढी सावधान हुनु पर्छ ?
माथि उल्लेखित वर्गमा ECG (मुटुको जांच) गरेर यी औषधिको शुरु गर्ने र बेला बेलामा रक्त चाप र मुटुको धड्कनको जांच गर्नु पर्ने हुन्छ ।
यी औषधि डाक्टरको सल्लाह बिना प्रयोग नगर्नुहोला ।
अर्को पटक – SSRI (Selective Serotonin Reuptake Inhibitors) – जस्तै: Fluoxetine, Sertraline, Paroxetine, Fluvoxamine, Citalopram, Escetalopram
लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया