लेख / ब्लग / अन्य प्रकाशन / समाचार

मिडिया, ध्यान देऊ – आत्महत्या गम्भीर विषय हो

Posted Date: 2013-09-24

– विजय ज्ञवाली, क्लिनिकल साइकोलोजिस्ट

आत्महत्याका समाचार आजभोलि हरेक दिन जस्तो पत्रपत्रिकामा देखिन्छन्। यस्ता समाचारले प्राथमिकता पाएकै देखिन्छ। म विगत केही वर्षदेखि यसको अध्ययन र अनुसन्धानमा लागेको एउटा विद्यार्थी भएको नाताले यस्ता समाचारलाई सकभर टिपेर राख्ने गरेको छु। आत्महत्या जनस्वास्थ्यको गम्भीर समस्याको रुपमा देखा परिरहेको अवस्थामा समाजका हरेक पक्षको सामूहिक प्रयासलेमात्र यसको नियन्त्रण सम्भव देखिन्छ। अझ यसमा मिडियाको भूमिका त झन् विशेष हुन्छ। आत्महत्या सम्बन्धी समाचार हेर्ने क्रममा मैले विशेष दुई पक्षलाई ध्यान दिने गरेको छु। पहिलो समाचारको प्रस्तुतिकरण र यसको प्रभाव। दोस्रो समाचारले पीडितको परिवारमा पार्ने असर। म मिडियाकर्मी होइन। संचार जगतको आफ्नो नीति नियम हुन्छ जसको म ज्ञाता पनि होइन। तर आत्महत्या रोकथाम मेरो विषय हो। तसर्थ एउटा पाठकको रुपमा मैले जे सोचेँ र जे महसुस गरेँ, त्यो प्रस्तुत गरेको छु।

आत्महत्या सम्बन्धी रिपोर्टिङ यसको प्रभाव


आत्महत्या सम्बन्धी रिपोर्टिङ अत्यन्त संबेदनसिल बिसय हो। यसमा ध्यान दिन सकिएन भने यसले copycat आत्महत्यालाई बढावा दिन सक्छ। विशेष गरी समाजमा नाम कमाएका व्यक्ति विशेषको आत्महत्यालाई सनसनी पुर्बक प्रस्तुत गर्दा यसले आत्महत्यालाई बढावा दिन सक्ने सम्भावना रहन्छ। यसै गरी कहिले काही संचारले कुनै बिसयलाई अत्याधिक महत्व दिदा यसको असर गलत किसिमले देखिन्छ। नेपालमा प्रतेक वर्ष प्रबेसिका परिक्षाको नतिजा आए पछि बढ्ने आत्महत्यालाई एउटा उधाहरणको रुपमा लिन सकिन्छ। प्रबेसिका परिक्षा जसको Academic रुपमा कुनै अर्थ छैन तर मिडियाले त्यसको नतिजालाई यति धेरै महत्व दिन्छन् कि यो सामाजिक प्रतिष्ठाको बिसय बन्न गएको बिद्यार्थीमा मानसिक दबाबको सिर्जना भएको छ। यस बेलामा हुने आत्महत्याको समाचारको प्रस्तुतिकरनले अझ अनुतिर्ण हुनेको लागि अब आत्महत्या भन्दा अरु बाटो छैन जस्तो आभास महसुस हुन्छ। त्यो बेला छापिएका केहि हेडलाइनलाई उदाहरणको रुपमा प्रस्तुत गरिएको छ।

एसएलसी फेल भएपछि तीन किशोरीले आत्महत्या रोजे (कान्तिपुर)

एसएलसी पूरक परीक्षामा अनुतिर्ण भएपछि आत्महत्या (कारोबार )

एसएलसीमा फेल भएपछि आत्महत्या– (उज्यालो नेटवर्क)

सुसाइड लर्निङ सर्टिफिकेट– (चितवन डट कम)

7 girls commit suicide after failing SLC (Myrepublica)

यी समाचारको हेड लाइन हेर्दा एउटा अनुतिर्ण बिद्यार्थीले के सोच बनाउछ होला ? यो प्रश्नको उत्तर खोज्ने जिम्मा पाठकलाई नै छोडदै छु।

 

आत्महत्या गर्ने तरिका


आत्महत्या समन्धी रिपोर्टिंग गर्ने क्रममा अर्को महत्व पूर्ण साबधानी अपनाउनु पर्ने बिसय हो , समाचारमा आत्महत्या गर्ने तरिकाको उल्लेख। हङकङमा एउटा बहुचर्चित पत्रिकाले कोइलाको प्रयोगले गर्ने आत्महत्याको बिधिको बारेमा गरेको रिपोर्टिङ पश्चात् उक्त बिधिबाट आत्महत्या गर्ने हरुको सङ्ख्या १० प्रतिसतले बढेको थियो। तसर्थ आत्महत्या समाचार दिने क्रम उसले प्रयोग गरेको बिधिको बारेमा उल्लेख गर्दा विशेष सावधानी अपनाउनु पर्छ।

उदाहरणको रुप कान्तिपुरको यो समाचारलाई लिन सकिन्छ

………..प्रवेशिका परिक्षा अनुतिर्ण विद्यार्थीद्वारा आत्महत्याशान्तिपुरस्थित भानु इङ्गलिस बोर्डिङ स्कुलमा पढ्दै गरेकी ********ले घरनजिकै रहेको गोठमा नाम्लोको पासो लगाई शनिबार झुण्डिएर आत्महत्या गरेकी हुन्।


………
प्रेम प्रकरणका कारण दुवैले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ,’ इलाका प्रहरीका प्रमुख प्रहरी निरीक्षक सन्तोष तामाङले भने, ‘घटनास्थलमा एल्मुनियम फोसफ्राइडको बिर्को भेटियो।ललिपप चकलेटमा विष हालेर दुवैले सेवन गरेको घटनास्थलबाट आधा खाइसकेको ललिपप भेटिएको उनले बताए ……

यो समाचारमा औषधिको नाममात्र नभएर खाने तरिका नि सिकाएको छ।

आत्महत्या गोपनियता

आत्महत्या समन्धी समाचार बनाउदा गोपनियता महत्वपुर्ण हुन्छ भन्ने बिसयमा नि छलफल हुन आबस्यक छ। आत्महत्या अथवा आत्महत्या प्रयासको बारेमा रिपोटिंग गर्दा यसबाट परिवार समाजमा कस्तो असर गर्छ त्यो बिसय महत्वपुर्ण छ। लण्डन ओलम्पिकताका एकजना नेपाली प्रतिनिधिले आत्महत्याको प्रयास गरे। उक्त समाचारलाई नेपालका सबै मेडियाले महत्व का साथ उनको नाम ठेगाना सहित प्रस्तुत गरे ,समाचार गम्भीर थियो प्राथमिकता पायो। तर ति प्रतिनिधिलाई पूर्ण समाजमा पूर्ण स्थापित हुन कति गारो भयो होला। जसको हामी अन्दाज गर्नमात्र सक्छौ।

यसै गरि केहि समय पहिला कोरियामा आत्महत्या गरेका ब्यतिको नाम फोटो सहित पत्रिकामा प्रकासित भयो यसबाट उसको परिवार ,बिद्यालय जाने उसका छोराछोरीलाई के कस्तो असर परेको होला। यसबाट उनीहरुलाई पर्न गएकोमानसिक तनाबको जिम्मेबारी कसको हो?

आत्महत्या सम्बन्धी news follow up गर्ने क्रममा मैले नेपाली संचार जगत भित्रका धेरै सकारात्मक पक्ष पनि देखेको छु। यहाँ केहि समस्या का कुरामात्र गरे। मेरो यो लेखको उदेश्य नकारात्मक पक्षलाई मात्र हेर्नु कदापी होइन। तर पनि हामी केही सजग भएमा आत्महत्या नियन्त्रण गर्न बल पुग्ने भन्ने हेतुले यो लेख लेखेको छु। समाधान प्रस्तुत नगरिएको यो लेखमा समाधान छलफलको जिम्मा पाठक साथीहरुलाई छोडेको छु।

 

(लेखक International University of Health and Welfare Japan मा विद्यावारिधि गर्दै छन्)

By mysansar, on September 24th, 2013

 

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस