आयु औसतमा रक्सी नखानेहरुको भन्दा बाह्र वर्षले कम हुन्छ /
रक्सीको बानि लागेकाहरु मद्धे धेरैको दिमाग चाडै सुक्छ र चाडै बिर्सने रोग लाग्छ/
झन्डै चालिस प्रतिसतलाइ डिप्रेसन या आत्तिने रोग लाग्छ /
झन्डै दश प्रतिसतले आत्महत्या गर्दछन /
एक्कासी रक्सी छोड्दा दृस्टीभ्रम हुने देखि छारे रोग जस्तो बेहोस हुने सम्म हुन सक्छ /
रक्सीछोड्नेबेलामानिम्न कुरामाध्यानदिनुजरुरिछ –
THIAMINE (Vitamin B1) भनिने भिटामिन खान शुरु गर्नु पर्छ / यो भिटामिन कम से कम १०० मिलिग्राम दिनको तिन पटक औसधि पसल बाट किनेर तत्काल शुरु गर्नु होला /
नियमित र पर्याप्त पानि पिउनु होला /
चाडै भन्दा चाडै डाक्टरसंग सम्पर्क गरेर रक्सी छोड्न के औसधि गर्ने र घर बाटै गर्ने हो या भर्ना भएर गर्ने सोध्नु पर्छ / सबै डाक्टर यस्तो उपचारमा अनुभवी हुदैनन्, तसर्थ अनुभवी डाक्टरको बारेमा सोध खोज गर्नु पर्छ /
अनुभवी डाक्टरले सेवा प्रदान नगर्ने र आवश्यक पूर्वाधार नभएको पुनर्स्थापना केन्द्रमा उपचार नगराउनु होला /
रक्सी छोड्दा सहि उपचार नभएमा Delirium Tremens भन्ने अवस्था सृजना भएमा मर्ने सम्भावना बढ्छ/
त्यस्तै THIAMINE नपुगेर Wernicke Korsakoff Syndrome (दिमाग सुन्निएर हुने अवस्था) भएमा उक्त व्यक्तिको दिमागी शक्ति सधैको लागि क्षिण हुन सक्छ/
के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…