भावनात्मक अवस्था नियन्त्रण गर्ने (Mood Stabilizers) अन्य औषधीहरू: सोडियम भाल्प्रोएट (Sodium Valproate), कार्बामाजेपिन (Carbamazepine), ल्यामोट्रेजिन (Lamotrigine)
यी औषधीहरू Lithium जस्तै Mood Stabilizer अर्थात भावनात्मक अवस्था नियन्त्रण गर्ने औषधीको समूहमा पर्दछन । माथी उल्लेखित तीनवटै औषधीहरू छारे रोगका औषधी पनि हुन् । मानसिक रोगको सन्दर्भमा यी औषधी निम्न अवस्थामा प्रयोग हुन्छन् ।
१. Bipolar Disorder (बाइपोलार रोग) – अर्थात उन्माद (Mania) र डिप्रेसन दुबै हुन सक्ने साइकोसिसमा मुख्य रूपमा प्रयोग गरिन्छ।
२. डिप्रेसनको उपचारमा एन्टीडिप्रेसेन्ट औषधीको असर बढाउन पनि यिनको प्रयोग हुन सक्छ ।
सोडियम भाल्प्रोएट (Sodium Valproate) मा उन्माद (Mania) बिरोधीगुण बढी हुन्छभने कार्बामाजेपिन (Carbamazepine) र ल्यामोट्रेजिन (Lamotrigine) मा डिप्रेसन बिदोधी गुण बढी हुन्छ ।
यी औषधीले ल्याउन सक्ने सामान्य समस्या
केही खतरनाक सावित हुन सक्ने तर निकै कम सेवनकर्तामा देखापर्न सक्ने असरहरू
ध्यान दिनु पर्ने कुरा
मानसिक रोगमा प्रयोग हुने औषधीबारे थप् जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।
लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया