लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया
यो मानव मस्तिष्कमा बिद्युत प्रवाह गरेर केहि मानसिक रोगको उपचार गरिने एक पद्धति हो । यसलाई अंग्रेजीमा Electroconvulsive Therapy भनिन्छ । बोलिचालीको भाषामा यसलाई छोटकरीमा ECT मात्र पनि भनिन्छ । विगत शताब्दीको पूर्वाद्र्धदेखि केही कडा मानसिक रोगहरूमा यस प्रविधिको प्रयोग सुरु भएयता यो अझै पनि उत्तिकै महत्वपुर्ण छ । यस अवधिमा औषधि विज्ञानले निकै प्रगति गरेर मानसिक रोगहरूमा प्रयोग गरिने आधुनिक असरदार औषधिहरूको खोज भए तापनि ती औषधिहरूले यस प्रविधिलाई पुर्णरुपले विस्थापित गर्न सकेका छैनन् । यस प्रविधिमा मानव मस्तिष्कमा छोटो अवधिकोलागि निश्चित मात्रामा विद्युत प्रवाह गरिन्छ । यसरी प्रवाहित विद्युत मस्तिष्कभरिमा फैलिएपछि केही रसायनिक र सूक्ष्म संरचनात्मक परिवर्तन हुन्छन् जसले केही मानसिक रोगहरूमा औषधिको भन्दा निकै चांडै सुधार आउँछ ।
ECT कसरी गरिन्छ ?
मानव मस्तिष्कमा विद्युत प्रवाह गर्न तयार पारिएको एक विशेष प्रकारको उपकरणद्वारा टाउकोको खास भागमा विद्युत प्रवाह गरिन्छ । यस प्रविधिमा मानव मस्तिष्कलाई निश्चित प्रकारले खास अवधिसम्म एकैसाथ क्रियाशील गर्न आवश्यक विद्युत मात्र प्रवाहित गरिन्छ । शुरुशुरुमा यो तरिका अपनाउंदा आवश्यक शारीरिक परीक्षणपश्चात् बिरामीलाई ओछ्यानमा उत्तानो पारेर सुताएर विद्युत प्रवाह गरिन्थ्यो । तर यसो गर्दा शरीरभरिका मांशपेशी हरु मा एकै पटक कडापन र छारेरोग झैं झट्का पनि लाग्ने हुनाले हाल यो उपचार बिरामीलाइ General Anethesia दिएर बेहोश गराएर मात्र गरिने चलन छ । अबिकशित देशहरुका कतिपय कम पूर्वाधार भएका अस्पताल मा बहोश नगराई ECT गरिने चलन अझै बिध्यमान छ ।
कस्ता रोगहरूमा या अवस्थाहरूमा ECT को प्रयोग गरिन्छ ?
माथि उल्लेखित समस्याहरूमा ECT को प्रयोगले लक्षणहरू छिटो नियन्त्रण्मा ल्याउन सकिन्छ । यी बाहेक मानसिक रोग विशेषज्ञले अन्य अवस्थाहरूमा पनि यस प्रविधिको प्रयोग गर्ने निर्णय गर्न सक्दछन ।
कति पटकसम्म ECT दिनुपर्छ ?
ECT शुरु गरेपछि अर्थात् दुइ टिन पटक पछि बिरामीमा आएको सुधार हेरेर कति पटक प्रयोग गर्ने भनेर निणर्य गरिन्छ । प्राय बिरामीहरूलार्इ चारदेखि आठ पटक दिनुपर्ने हुन्छ । तर केहि बिरामी लाइ बढी पटक दिनुपर्ने आवश्यकता पनि पदर्छ ।
यो कत्तिको सुरक्षित छ ?
ECT को प्रयोगको कारणले बिरामीको मृत्यु भएका घटनाहरू यदाकदा सुन्नमा आए पनि यो प्रविधि वास्तवमा एक सुरक्षित प्रविधि हो । अन्य बेहोस गरेर गरिने प्रविधिहरू (जस्तै बेहोस गरेर गरिने शल्यक्रियाहरु) भन्दा यसको कारणले हुने मृत्यु अत्यन्त न्यून छ । त्यस्तै कतिपय अवस्थाहरूमा ECT औषधिहरू भन्दा पनि सुरक्षित मानिन्छ । गर्भावस्थाको सुरुका महिनाहरूमा औषधिको प्रयोगले बच्चालाई नकारात्मक असर पर्न सक्ने सम्भावना हुनाले यस अवस्थामा महिलालाई कडा मानसिक रोग लागेमा कतिपय औषधि भन्दा ECT नै सुरक्षित हुन्छ । त्यस्तै औषधिका नकारात्मक असरका कारण औषधि धान्न नसक्ने वद्धृहरूलार्इ पनि कडा मानसिक रोग लागेको अवस्थामा ECT एक भरपर्दो उपाय सावित हुनसक्छ ।
यसका नकारात्मक असरहरू के हुन सक्छदन् ?
केही दिनसम्म स्मरण शक्तिमा ह्रास आउनु सबैभन्दा बढी मात्रामा भेटिएको नकारात्मक असर हो । कतिपय मानिसमा चाही स्मरण शक्तिको समस्या लामो समयसम्म रहिरहन सक्छ । यस बाहेक ECT को प्रकारअनुरूप मांसपेसी तथा हाड-जोर्नी दुख्न सक्छ । टाउको दुख्ने पनि हुन सक्छ । कम सम्भावना भएका अन्य नकारात्मक असरको जानकारी सम्बन्धित विज्ञसंग लिनु राम्रो हुन्छ । यो करेन्ट लगाएर सजाय दिने प्रविधि होइन ।
ECT र विवाद
हलिवुड का सिनेमा देखि लिएर विभिन्न श्रब्य दृश्य का माध्यममा मानसिक रोगि र उपचार को गलत चित्रण गरिने पुरानो परम्परा हो । कतिपय पुराना सिनेमा मा ECT को पनि गलत तरिका ले चित्रण गरिएको देखिन्छ । कतिपय अस्पताल मा ECT लाइ बेहोस नगरि सम्बेदनहिन तरिकाले गरिएको कारणपनि यो बेला बेलामा विवादमा तानिन्छ । यो एउटा उपचार कै प्रबिधि हो भनि बुझ्न अनुरोध गरिन्छ । तर अरु शल्यक्रियामा Anesthesia दिए झैँ ECT गर्दा पनि Anesthesia सहित को ECT गर्न पाउनु हरेक ECT गरिने बिरामी को हक हो ।