—डा. अजय रिसाल, मानसिक रोग विशेषज्ञ, धुलिखेल अस्पताल
“आमा बन्नु” सबै विवाहित महिलाहरुका लागि गौरवको विषय मानिन्छ । सन्तान जन्माइसकेपछि मात्र नारीहरु आफूलाई “पूर्ण ” र “सन्तुष्ट” भएको महसुस गर्दछन् । तर यस प्रक्रियामा हुने शारीरिक एवं मानसिक पीडा अनि कष्ट भने अवर्णनीय नै हुने गर्दछ ।
गर्भवती अवस्था देखि नै महिलाहरु आफ्नो शरीरमा शनैः शनैः देखा परिरहेको परिवर्तन, आफ्नो रुप र सौन्दर्यमा भइरहेको भिन्नता अनि आफूभित्र हुर्किरहेको नवजात शिशुको स्वास्थ्य एवं त्यसप्रतिको जिम्मेवारीबोधले गर्दा मनोवैज्ञानिक रुपमा नै आतंकित रहन्छन् । शारीरिक परिवर्तन सँगसँगै रासायनिक एवं हर्मोनहरुमा हुने उतारचढावका कारणले पनि अनेकौं समस्याहरु आइपर्दछन् आमा बन्ने क्रममा रहेका नारीहरुमा ……..
बच्चालाई जन्म दिनासाथ त्यस क्रममा परेको शारीरिक परिश्रम, निद्रामा भइरहेको गडबडी, दुखाइ, रक्तश्राव, अपरेशन गर्दा वा दुखाइ कम गर्न प्रयोग भएका औषधिका असर आदिका कारण शारीरिक रुपमा ती आमाहरु कमजोर भइरहेका हुन्छन् । मनोवैज्ञानिक रुपमा पनि नवजात सन्तानको दुग्धपान, हेरविचार, सेवासुश्रुवाको व्यवस्थाका लागि चिन्तित रहिरहेका हुन्छन् ।हाम्रो समाजमा विद्यमान छोरा वा छोरीबीचको भेदभाव, छोराको चाहना बोक्ने बाबु या परिवारजन अनि त्यसप्रतिको दृष्टिकोण आदिले गर्दा पनि मातृगण सदा सर्वदा निन्दित अनि पीडित भइरहेका हुन्छन् । यसरी गर्भवती अवस्थाबाट सुत्केरी अवस्थामा पाइला चाल्नासाथ आमाहरु शरीरिक, मानसिक एवं सामाजिक बाधाव्यवधान एवं उत्तरदायित्वहरुको चक्रव्यूहमा फस्न पुगिहाल्दछन् ।
अतः सुत्केरी अवस्थामा मानसिक समस्याहरु विभिन्न रुपमा देखा पर्ने सम्भावनालाई नकार्न सकिन्न ।
मुख्यतया तीन समस्याहरुका बारेमा यहाँ वर्णन गर्न लागिएको छ ः—
१) “पोस्टपार्टम ब्लूज”Postpartum blues— यो करीब ५०५ आमाहरुमा देखा पर्दछ र यसलाई मातृत्वको सामान्य मनोवैज्ञानिक असर मानिएको छ । बच्चा जन्माएको केही घण्टाभित्रै आमाहरु त्रसित एवं भयभीत हुनथाल्ने, चिन्ता गर्ने, एकोहोरो हुने, बेसुरको कुरा गर्ने आदि लक्षणहरु देखाउन सक्दछन् । यी लक्षणहरु हर्मोन या रासायनिक कारणले गर्दा भएको मानिन्छ र बच्चा जन्मिएको एक हप्ताभित्रमा प्रायः हराएर जान्छन् । त्यसैले यसको खासै उपचार गर्नुपर्ने हुँदैन । गर्भवती अवस्थामा नै मातृत्व, बच्चाको हेरचाह अनि सुरक्षाका बारेमा परामर्श दिएर यसका असरहरुको न्यूनीकरण गर्न सकिन्छ। पहिले नै बच्चा जन्माएर यी चरणहरुबाट पार भइसकेका आमाहरुले नै नयाँ आमाहरुलाई सम्झाई—बुझाई गरेर तिनमा आउनसक्ने शंका, डर आदिमा कमी ल्याउन सकिन्छ । पहिलोपटक आमा हुनेहरुमा भने यी लक्षणहरु बढी समयसम्म रहिरहन सक्दछ ।
२) “पोस्टपार्टम डिप्रेसन”Postpartum Depression — करीब १०—२० ५ आमाहरुमा यो समस्या आइपर्न सक्दछ । तिनमा नैराश्यताको भाव आउने, बच्चाप्रति नकारात्मक दृष्टिकोण पलाउने, बच्चालाई दूग्धपान गराउन एवं त्यसको स्याहारसुसारमा मन नजाने, भविष्य अन्धकारमय भएको भान हुने,मृत्युको विचारहरु आउने आदि लक्षणहरु देखा पर्दछन् । पहिले ‘डिप्रेसन’भइसकेका, गर्भपतन गराएका, अनिच्छीत गर्भाधान हुनपुगेका, अपरेशन गरिएका महिलाहरुमा यो प्रायः देखापर्दछ । त्यस्तै हाम्रो सामाजिक परिप्रेक्ष्यमा “छोरी” जन्मँदा, घरायसी चिन्ता÷कलह, अनि राम्रो पारिवारिक वातावरण नभएका महिलाहरुमा यसले बढी असर गरेको पाइन्छ । यसको उपचारमा औषधि एवं परामर्श सेवा दुवैको आवश्यकता पर्नसक्दछ । औषधिले दुग्धपान गरिरहेको नवजात शिशुमा पनि असर गर्नसक्ने भएकोले औषधि प्रयोग गर्दा ध्यान पु¥याउनुपर्दछ । अति क्लीष्ट‘डिप्रेसन’मा त करेण्ट उपचार नै बढी उपयोगी एवं सुरक्षित पद्धति मानिएको छ । यसरी एकपटक‘डिप्रेसन’ भएका बिरामीमा पछि पछिको सुत्केरी अवस्थामा पनि ‘डिप्रेसन’ नै हुने सम्भावना ज्यादा भएको हुँदा यसको उपचारमा ध्यान पु¥याउनुपर्ने हुन्छ ।
स्वास्नी मान्छेमा डिप्रेसन बिस्त्रित्मा (यहां क्लिक गर्नुहोस्)
३) “पोस्टपार्टम साइकोसिस”Postpartum Psychosis — यो करीब ०.१ ५ आमाहरुमा मात्र देखिन्छ । एक्कासी देखापर्ने यसका लक्षणहरु बरबराउने, बच्चाहरुलाई छाडेर भाग्न खोज्ने, एक्लै हाँस्ने, कराउने, भयभीत हुने, बच्चालाई हानि पु¥याउन खोज्ने आदि हुन् । गर्भवती अवस्थाको अन्तिम तीन महिनामा भएका संक्रमण, प्रयोग भएका औषधिहरु, मुख्यतया स्टेरोइडको प्रयोग भएका महिलाहरुमा यी लक्षणहरु देखापरेको पाइन्छ । यस रोगमा रोगीले बच्चालाई नै हानि पु¥याउन सक्ने भएकोले उपचारमा संलग्न नर्स, चिकित्सक एवं परिवारजन सबैले ध्यान पु¥याउनुपर्ने हुन्छ । यस्तो बेलामा कहिलेकाहीं त बच्चाको दूध छुटाएरै भए पनि आमालाई औषधि दिनुपर्ने हुनसक्छ । अनि बच्चाको सेवासुश्रुषा, खानपानमा समेत विशेष विचार गर्नुपर्दछ ।
सुत्केरी अवस्थामा देखापर्ने यी तीन मानसिक लक्षण÷रोगको उपचार मनोचिकित्सक एक्लैले गर्ननसक्ने भएको हुँदा यसमा स्त्रीरोग÷बालरोग विशेषज्ञ, नर्स, परामर्शविज्ञ एवं रोगीका श्रीमान्÷आफन्तजन सबैको साथ र सहयोग अपरिहार्य हुन्छ । यो समूहगत जिम्मेवारीबोधले मात्र समाधान गर्न सकिने मानसिक समस्या हो ।