बेलामौकामा दिक्क जसलाई पनि लाग्छ । उदास पार्ने घटना जसको जिन्दगीमा पनि घटन् सक्दछ । भनाइ नै छ, चिन्ता नहुने त मान्छे नै हुदैन । तर सीमा जे कुराको पनि हुन्छ । तीव्रता होस् या समयावधि,उदसिपनाले निश्चित सीमा नाघेपछि चाहिं त्यसलाई सामान्य अवस्था मान्न सकिंदैन ।
View moreप्रायजसो मानसिक रोगहरू लोग्नेमानिस र स्वास्नीमानिसमा बराबर मात्रामा भेटिने भए पनि केही रोगहरू स्वास्नीमानिसमा बढी देखिएको छ । त्यसमध्ये डिप्रेसन पनि एक हो । डिप्रेसन रोग झन्डै दश देखि पन्ध्र प्रतिशत स्वास्नीमानिसमा पाइएको छ ।
View moreडर लागिरहने, मन आत्तिरहने र साथमा शरीरका विभिन्न भागमा लगातार अप्ठ्यारो महसुस भइरहने यस प्रकार को मानसिक समस्या आत्तिने रोग हुन सक्दछ । किशोरावास्था बाट प्राय शुरुहुने यस रोगबाट पीडित व्यक्तिहरूको पढाइ तथा व्यावसायिक जीवनमा नकारात्मक असर पर्न सक्दछ ।
View moreपागलपन भन्नाले विभिन्न कडा मानसिक रोगहरूको समूह बुझिन्छ । चिकित्साशास्त्रमा हाल पागलपनका विभिन्न प्रकारहरू छुट्याइसकिएको भएतापनि कडा मानसिक रोगहरूलाई समूहगत रूपमा पागलपन या साइकोसिस नै बोलीचालीको भाषामा भन्ने गरिन्छ । यी रोगीहरुले सामाजिक परिप्रेक्ष् मा अमिल्दो व्यवहार गर्ने भएको, कुराकानीमा पनि गडबडी भेटिने र आफ्नो दिमागी असन्तुलन ठम्याउन नसक्ने हुनाले पागलपन भन्ने गरिएको हो ।
View more‘………. एउटी १५–१६ वर्षकी केटी एक्कासि लड्छिन् । उनको दात टम्म कसिएको हुन्छ । आखा चिम्लिएकी छिन् तर बेलाबेलामा हल्का झिमझिम भइरहेको हुन्छ । साथीहरू दौडेर आउछन् । कोही पानी खुवाउने कोसिस गर्छन् त कोही उनको हातखुट्टा चलाउछन् । मुख टम्म पारेकोले पानी खुवाउन गाह्रो हुन्छ र हातखुट्टा निकै कडा भएको भेटिन्छ ……
View moreअनिद्रा को चर्चा गर्नु पुर्व मानिसलार्इ कति निद्रा को आवश्यकता पदर्छ भन्ने जानकारी हुनु आवश्यक छ । मान्छेपिच्छे निद्राको आवश्यकता फरकफरक हुन सक्दछ । कसैलाई ८–९ घण्टासम निद्राको आवश्यकता पर्छ तर केही ४–५ घण्टामै निद्रा पुगेको अनुभव गर्दछन् । आफुलाई कति निद्राको आवश्यकता छ भन्ने कुरा त्यसैले आफैले पत्ता लगाउन कुनै कठिनाइ पदर्नै ।
View more