अनिद्रा को चर्चा गर्नु पुर्व मानिसलार्इ कति निद्रा को आवश्यकता पदर्छ भन्ने जानकारी हुनु आवश्यक छ । मान्छे पिच्छे निद्राको आवश्यकता फरकफरक हुन सक्दछ । कसैलाई ८–९ घण्टासम निद्राको आवश्यकता पर्छ तर केही चाँही ४–५ घण्टामै निद्रा पुगेको अनुभव गर्दछन् । आफुलाई कति निद्राको आवश्यकता छ भन्ने कुरा आफैले पत्ता लगाउनु पर्छ ।
अनिद्रा भन्नाले सामान्यतया राति निदाउन कठिनाइ भएको अवस्था, निदाइसकेपछि बीच बीचमा निद्रा टुट्ने र बिहान धेरै चाडै निद्रा खुल्ने अनि फेरि निदाउन गाह्रो हुने अवस्थाहरूमध्ये एक या बढी अवस्थाहरू बुझिन्छ ।
समयावधिको आधारमा
निद्राको चरण (Phase) अनुसार
अनिद्राका कारणहरू
एक्कासि आइपरेको तनाव, क्षणिक उत्तेजित अवस्था, डर, शारीरिक या मानसिक तनाव आदिले छोटो समयको लागि अनिद्रा उत्पन्न गराउदछन् । ती कारक तत्वहरुको निदानपश्चात् निद्रा बिस्तारै ठीक भएर आउछ । लामो समयसम्म भइरहने अनिद्रा वास्तवमा स्वास्थ्यसम्बन्धी समस्या नै हो । यस अवस्थामा अनिद्रामात्रै उक्त व्यक्तिमा छ या अनिद्रा अन्य कुनै समस्याको एक लक्षणको रूपमा प्रस्तुत भएको छ भन्ने थाहा पाउनु जरुरी हुन्छ । अनिद्रा विभिन्न शारीरिक तथा मानसिक रोगका लक्षणको रूपमा धेरैजसो प्रकट हुन्छ । अनिद्रामात्रै हुने तर अन्य कुनै समस्या नभएको अवस्थालाई भने Primary Insomnia भनिन्छ ।
अन्य कुनै कारणले हुने अनिद्रालार्इ Secondary Insomnia भनिन्छ । डिप्रेसनले गर्दा अनिद्रा भएको हो भने निदाउनै गार्हो गार्हो हुने, बीचबीचमा निद्रा टुट्ने र बिहान चाडै निद्रा खुलेर पुनः निदाउन गाह्रो हुने हुन्छ । निदाउन कोसिस गर्दा निद्रा नआएर केही नलाग्ने त हुन्छ नै, मनमा पनि अनेकथरि उदास लाग्ने कुराहरू खेल्ने गर्दछन् । मन उदास भइरहने, जागर नचल्ने जस्ता डिप्रेसनका लक्षणहरू (यहा क्लिक गर्नुहोस्) पनि अनिद्राको साथमा हुन सक्छन् । त्यस्तै आत्तिने रोगहरूको कारणले भएको अनिद्राका साथै आत्तिने रोगका अन्य लक्षणहरू पनि हुन्छन् (यहा क्लिक गर्नुहोस्)। यस्तो अनिद्रा डिप्रेसन्, आत्तिने रोग या अन्य प्राथमिक रोग को उपचार गरेपछी ठीक हुन सक्छ ।
अनिद्राको अर्को महत्वपुर्ण कारण रक्सी र अन्य लागु पदार्थ दुर्व्यसन हो । दुर्व्यसनी जब आफ्नो दुर्व्यसनको पदार्थ पाउदैन, छटपटीसंगै अनिद्राले पनि उसलाई सताउछ । दुर्व्यसनको उपचार पश्चात अनिद्रा ठीक त हुन सक्छ, तर धेरै दिन या हप्ता लाग्न सक्छ ।
तलका तरिकाहरू पनि अनिद्राको उपचार गर्न सहायक हुन सक्दछन । यी तरिकाहरू लाई Sleep HygieneTechniques भनिन्छ ।
माथिका उपायहरू साधारण देखिए पनि निकै उपयोगी छन् । यी तरिकाहरू बात तुरुन्तै फाईदा नहुन सक्छ । हरेस नखाइ यी तरिकाहरूको प्रयोग केही हप्ता सम्म गरेमा तपाईंलाई राम्रो निद्रा लाग्नमा सहायक हुन्छ । निद्राको औषधी प्रयोग गर्न थालिसक्नुभएको छ भने पनि यी तरिकाहरूले निद्रा को औषधी काम गर्न सहायक हुन्छन् ।
यदि अनिद्रा निकै दिनसम्म लम्बिएको छ या तपाईंको दिनचर्यामा गडबडी उत्पन्न भएको छ तर कुनै शारीरिक समस्या अनुभव भएको छैन भने चाहिं मानसिक रोग बिशेसज्ञसंग सम्पर्क राख्नु होला ।
अन्य शारीरिक या मानसिक समस्याहरू भएको खण्डमा ती अवस्थाको पहिचान गररे उपचारको लागि चाहि डाक्टरको सल्लाह बमोजिम औषधि गर्नु आवश्यक हुन सक्दछ । अनिद्राको लागि मात्रै चाहिं सकेसम्म औषधि नगर्दा राम्रो ।
तर अनिद्राबाट पीडित केही व्यक्तिहरूलाई भने औषधिको आवश्यकता पर्दछ । माथि वर्णन गरिएका तरिकाहरू अपनाउदा पनि समस्या समाधान भएन भने डाक्टर को सल्लाह अनुसार औषधी प्रयोग गर्न सकिन्छ। अनिद्राको प्रकार अनुसार् औषधीहरू फरक फरक हुन सक्दछन । जस्तै: सुरुमा निदाउन गाह्रो छ भने चाडै असर शुरु गर्ने औषधिको प्रयोग गर्न सकिन्छ । त्यस्तै बीच बीच मा निंद्रा टुट्ने समस्यामा लामो समयसम्म काम गर्ने निंद्राको औषधि को प्रयोग गर्ने सकिन्छ । तर कुरा यत्तिमा टुंगिदैन । यी औषधिले गर्ने नकारात्मक असर अर्को पक्ष हो । यी औषधि ले बानि पर्न सक्दछन जसले गर्दा उही मात्रा लगातार सेवन गरेमा पहिलेको असर क्रमिक रूपमा हराउदै जाने र औषधि छाडेमा अन्य समस्याहरू आइपर्ने हनु सक्छ । अनिंद्रा अझै ठिक नभएमा नभएमा अन्य औषधिको प्रयोग पनि गर्न सकिन्छ । तर ती औषधिहरू पनि समस्या मुक्त छैनन् ।
त्यसैले अनिन्द्रको उपचारको क्रममा औषधि खानु अगाडी डाक्टरसंग सल्लाह लिएको राम्रो । औषधीमा कसरी बानी नपार्ने भनेर डाक्टरसँग राम्रो सँग सल्लाह गर्नु होला ।
लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया