साइकोसिस (पागलपन) भन्नाले विभिन्न कडा मानसिक रोगहरूको समूह बुझिन्छ । चिकित्साशास्त्रमा हाल साइकोसिसका विभिन्न प्रकारहरू छुट्याइसकिएको भएतापनि कडा मानसिक रोगहरूलाई समूहगत रूपमा पागलपन या साइकोसिस नै बोलीचालीको भाषामा भन्ने गरिन्छ । यी रोगीहरुले सामाजिक परिप्रेक्ष् मा अमिल्दो व्यवहार गर्ने भएको, कुराकानीमा पनि गडबडी भेटिने र आफ्नो दिमागी असन्तुलन ठम्याउन नसक्ने हुनाले पागलपन भन्ने गरिएको हो । यस समूह अन्तर्गत विभिन्न कडा मानसिक रोगहरु पर्दछन . विभिन्न पागलपन रोग अनुसार उपचार पनि फरक फरक हुन्छ .
डिप्रेसन बढ्दै गएर पनि पागलपन हुन सक्दछ । डिप्रेसनको चरमसीमामा उदास हुने लक्षणहरू सँगसँगै पागलपनका लक्षणहरू पनि भेटिन सक्छन् । आफ्ना स्वजनहरू मरिसके या आफ्नो शरीरका भागहरू कुहिएर झरिसके जस्ता कुराकानी यस्ता व्यक्तिले गर्न सक्दछन् । उपचार नगरेमा यो अवस्था कति लम्बिन्छ भन्न सकिन्न । संक्रमण र आत्महत्याको सम्भावना यस प्रकारको पागलपनमा बढी हुने हुनाले औषधि नगरी हुन्न । ठीक भइसकेपछि पनि कमसेकम एक वर्ष औषधि खानु पर्दछ ।
यो एक वैचारिक स्थितिमा गडबडी उत्पन्न भएर हुने रोग हो । झण्डै १ प्रतिशन जनसंख्या यस रोगबाट जिन्दगीभरिमा पीडित हुन सक्छन । यो रोग लागेको मानिस हरु मद्धे दुइ तिहाइ लै सधै औषधि को आवश्यकता पर्दछ ।
यो रोगीपिच्छे फरक फरक लक्षण हुनसक्ने मानसिक रोग हो । यसका लक्षणहरूलाई विभिन्न भागमा बाडन् सकिन्छ ।
यस रोग को लक्षणमा पनि एकरूपता नपाइने हुनाले यसको पहिचान को लागि मानसिक रोग बिशेसज्ञ को आवश्यकता पदर्छ । सबै भन्दा बढी भेटिने PARANOID SCHIZOPHRENIA को बारेमा पढ्न यहा क्लिक गर्नु होला ।
यो एक भावनात्मक स्थितिमा गडबडी उत्पन्न भएर हुने रोग हो । यसबाट पनि झण्डै १ प्रतिशत जनसंख्या जिन्दगीभरिमा पीडित हुन्छन । यस रोगका लक्षणहरू भिन्न समयमा फरक हुन सक्दछन् । कहिले यसमा महिनौंसम्म डिप्रेसनका लक्षणहरू उपस्थित हुन्छन त कहिले डिप्रेसन को ठीक उल्टो अर्थात् बढी बोले को बोल्यै गर्ने, धाक धक्कु लगाउने, अनावश्यक रूपमा बढी आत्मबल हुने, भनेको कुरा नपुगेमा क्रोधित हुने, चन्चलता बढी हुने, थोरै सुते पनि ताजगी महसुस हुने, जस्ता लक्षणहरूको उपस्थितिमा उक्त व्यक्तिलाई Mania भन्ने मानसिक रोग भएको भनिने र समग्र रूपमा उक्त व्यक्ति Bipolar Affective Disorder नामक रोगबाट ग्रसित भएको भन्ने गरिन्छ। औषधि उपचारले लक्षणहरू नियन्त्रण गरी रोगि रोग लाग्नुपूर्वको अवस्थामा आउन सक्दछ । तर यस रोगमा लक्षणहरू हटे पनि औषधि टुटाउदा रोग बल्झिने सम्भावना रहिरहन्छ ।
पागलपनबाट ग्रसित व्यक्तिहरू हिंसक हुन्छन् भन्ने भनाइ भए पनि यो पूर्ण रूपमा सही होइन । पागलपनबाट ग्रसितमध्ये धेरैजसो वास्तवमा हिंसक हुँदैनन् । हिंसक हुनेहरूमध्ये पनि धेरैजसो अरुहरूले जिस्क्याएका अवस्थामा मात्र उनीहरूलाई हानि पुर्याउन आएको भन्ने सोचेर यस्तो व्यवहार गर्न पुग्दछन् । एउटा सानो समूह चाहिं वैचारिक गडबडीको कारणले विनाकारण एक्कासि हिंसक हुन पुग्दछ । पागलपनबाट ग्रसित व्यक्तिहरूलाई एउटा सामान्य मान्छे जस्तै व्यवहार गरेमा समग्रमा भन्दा एउटा मानसिक तबरले स्वस्थ व्यक्तिले भन्दा बढी हिंसक व्यवहार गर्दैन भन्दा पनि हुन्छ ।
पागलपनबाट ग्रसित व्यक्तिहरूलाई बाधेर राख्ने चलन परापूर्व काल देखि को हो । यसो गर्दा कतिपय व्यक्तिहरू केहि समयपछि आफै ठीक भएर आउथे भने कति लाइ लामो समय सम्म या जीवनभर त्यसरी नै राखिन्थ्यो । कतिचाहिं बाधेको अवस्थामा विभिन्न संक्रामक रोगको शिकार भएर या भोकाएर मर्दथे। केहि ठाउमा जडिबूटी को प्रयोगले उपचार गरिन्थ्यो । धेरै जसो रोगि हरुको हालत एकदमै दयनीय हुन्थ्यो
औसधि को प्रयोग पहिले देखि नै गरिए पनि झण्डै आधा शताब्दी अगाडिबाट मात्र आधुनिक असरदार औष् धीको प्रयोग गर्न थालियो । औष् धिको प्रयोग ले प्राय जसो रोगीहरुको लक्षण बिलकलु नै हराएर जान्छ । केहि रोगीहरूमा लक्षणहरू निमर्लू नै नभए पनि कम चाहिं हुन्छ । झण्डै १० प्रतिशतमा भने उपचारले खास असर ल्याउदैन। यस प्रकार ९०% ले औष्धीको प्रयोगले लाभ हासिल गर्दछन।
छोटो समयको लागि मात्र हुने पागलपनहरू दोहोरिने दर न्युन छ । लामो अवधिसम्म (छ महिनाभन्दा बढी) भएका पागलपनहरू चाही औषधि छोडेमा बल्झने सम्भावना हुन्छ .
एकपटक पागलपन भएर ठीक भएको व्यक्तिको रोग बल्झिने सम्भावना केहि हदसम्म भए तापनि उनीहरू धेरै अवस्थाहरूमा आफ्नो जिम्मेवारी बहन गर्दै सामान्य जिन्दगी बिताउन सफल हुन्छन भन्ने हामीले बुझनु जरुरी छ । एकपटक पागलपनबाट ग्रसित भएपछि ठीक हुदैन भन्ने धारणालाई गलत नै भन्नु उपयुक्त हुन्छ, तर बल्झिदैन भन्ने अवस्थामा चाहिं हामी पुगिसकेका छैनौ . न्यानो पारिवारिक वातावरण, उपयुक्त व्यक्तिगत स्वतन्त्रता तथा आपसी विश्वासले रोग बल्झाउने सम्भावनालाई कम गछर्न भन्ने अनुसन्धानहरूले देखाएका छन् ।
लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया