हिस्टेरिया

के हो हिस्टेरिया ?

‘………. एउटी १५–१६ वर्षकी केटी एक्कासि लड्छिन् । उनको दात टम्म कसिएको हुन्छ । आखा चिम्लिएकी छिन् तर बेलाबेलामा हल्का झिमझिम भइरहेको हुन्छ । साथीहरू दौडेर आउछन् । कोही पानी खुवाउने कोसिस गर्छन् त कोही उनको हातखुट्टा चलाउछन् । मुख टम्म पारेकोले पानी खुवाउन गाह्रो हुन्छ र हातखुट्टा निकै कडा भएको भेटिन्छ …… केही मिनेटदेखि आधा एक घण्टा यही स्थिति हुन्छ, ब्युझियेपछी मा केहि सम्झिन्न भनरे उनी भन्छिन ………. केहि साथीहरू यो छारे रोग हो भन्छन् त केही केटाहरू यो हिस्टेरिया हो भन्दै हासिरहेका हुन्छन् …… टोल छिमेकमा ‘यो रोग बिहे गरिदिए ठीक भैहाल्छ’ पनि भन्छन् ।

के हो माथिको उदाहरण ? जुनसुकै रोगले ग्रसित भए पनि मानिस जब बेहोस हुन्छ, त्यसलाई ठट्टा या हासोको विषयको रूपमा लिनु हुदैन । बेहोस भएको व्यक्तिलाई सर्वप्रथम त नजिकको स्वास्थ्यकर्मीको जाच गराउनु पर्दछ । केही छारे रोग माथिको उदाहरण जस्ता पनि हुन्छन् । त्यसैले सही बिशेसज्ञ द्वारा पहिचान र उपचारमा ढिला गर्नुहुदैन । तर माथिको उदाहरणले चाही हिस्टेरिया भन्ने समस्याको एउटा रूप देखाउन खोजेको हो ।

हिस्टेरिया भन्ने शब्दको उत्पत्ति आजभन्दा दुई हजार वर्ष अगाडि भएको हो । हिप्पोक्रेटस भन्ने ग्रीक चिकित्सकले त्यतिबेला यो समस्या स्वास्नीमानिसहरूमा मात्र देखे र स्त्री प्रजनन अङ्ग पाठेघरसग सम्बन्धित ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामाकरण गरे । बर्सौ सम्म यो समस्यालाई यसै प्रकारले हेरियो । झण्डै सय वर्षअगाडि यो समस्या यौन सम्बन्धी कुनै समस्या नभएका आइमाईहरूमा पनि हुनसक्ने भेटियो । त्यस्तै रजस्वला सुरु नभएका केटीहरू र महिनावारी हुन समाप्त भइसकेका वृद्धाहरूमा पनि यसरी वेहोस हुने समस्या भेटियो । फलस्वरूप यो समस्याको यौनजन्य तथ्यमा प्रश्नचिन्ह लाग्यो ।

अनुसन्धानहरूले के देखाए भने यो समस्याको ‘यौन’सग कुनै सोझो सम्बन्ध छैन । बरु यो समस्याको तनावसग सम्बन्ध छ । तनाव नभई हिस्टेरिया हुदैन . तनावको प्रकार चाहिं जस्तो पनि हुन सक्दछ । पढाइको तनाव, नाता–सम्बन्धको तनाव, आर्थिक तनाव, इज्जतको तनाव आदि । यौनसम्बन्धी समस्याले पनि तनाव उत्पन्न गर्न सक्दछ । त्यसैले यौनसम्बन्धी समस्याले अन्य समस्याले झै तनाव उत्पन्न गराएर हिस्टेरिया भएको हो, न कि सोझै भन्न सकिन्छ ।

अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (Convert) हुने हुनाले आजकाल यो समस्या कन्भर्जन डिसर्डर (Conversion Disorder) भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै वास्तवमा हिस्टेरिया हो ।

मास (Mass) हिस्टेरिया

हिस्टेरिया कहिलेकाहीं एक समूहका एकभन्दा बढी सदस्यहरूलाई हुन सक्दछ । यस्तो अवस्थालाई मास ९ःबकक० हिस्टेरिया भनिन्छ । केलाउदै जाने हो भने सो समूहमा एक यस्तो व्यक्ति भेटिन्छ, जो कुनै तनावले ग्रस्त भएको हुन्छ र हिस्टेरिया हुने प्रथम व्यक्ति हुन्छ । उसलाई हिस्टेरिया भएपछि अन्यमा पनि हिस्टेरिया हुन थालेको भेटिन्छ । यसरी पछि हिस्टेरिया हुनेहरू या त प्रथम व्यक्तिसग भावनात्मक सम्बन्ध भएकाहरू हुन्छन् या उनीहरू त्रासको कारणले सो अवस्थामा पुगेकाहुन्छन् । विद्यालय, छात्रावास जस्ता समूहगत रूपमा किशोर किशोरीहरू रहने स्थानहरूमा यो अवस्था बेलामौकामा भेटिन्छ ।

हिस्टेरिया र अन्य मानसिक रोगहरू

हिस्टेरियाको अन्य मानसिक रोगसग गहिरो सम्बन्ध छ । केही व्यक्तिहरूमा पहिले नै मानसिक रोगहरू भएको अवस्थामा हिस्टेरिया उत्पन्न हुन सक्छ । केही मानसिक रोगहरूले व्यक्तिको तनाव बहन गर्न सक्ने क्षमतामा ह्रास उत्पन्न गराएर हिस्टेरिया हुनसक्ने सम्भावना बढाइदिन्छन् । हिस्टेरियाको समयमै उपचार भएन भने अन्य मानसिक रोग उत्पन्न हनु सक्छ । यस्तो व्यक्ति आफुले तनावको पहिचान गर्न त्यति सजिलो नहुने हुनाले हिस्टेरिया अन्य कुनै व्यक्तिको सहायता विना ठीक हुन मुस्किल नै हुन्छ । यदि हिस्टेरियाको समयोचित समाधान नभएमा व्यक्तिमा हीनताबोध उत्पन्न हुनेदेखि विभिन्न प्रकारका मानसिक रोगहरु (डिप्रेसन, आत्तिने रोग इत्यादि) उत्पन्न हुन सक्दछन ।

के विवाहले यो समस्या ठीक हुन्छ ?

विवाहले हिस्टेरिया ठीक गर्छ भन्ने धारणा गलत हो । विवाहले कसैकसैलाई पहिलेको तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले वातावरणको परिवर्तनले हिस्टेरिया ठीक पारेको हुन सक्छ । तर कसै कसैलाई हिस्टेरिया विवाहपश्चात् उत्पन्न हुन्छ । कतिको हिस्टेरिया विवाहपश्चात् झन् च्यापेर आउछ । विवाहलेहोइन तनावको निदानले हिस्टेरिया ठीक हुन्छ ।

तत्काल के गर्ने ?

सुरुको उदाहरणमा चित्रित दुबै कुरा ठीक छैनन् । जबरजस्ती मुख खोलेर पानी खुवाउनु तथा हातखुट्टा चलाउन खोज्नुले बेहोस भएको व्यक्तिलाई चोट लाग्न सक्छ । जिस्क्याउने व्यक्तिहरूले समस्याको गम्भीरतालाई नबुझेको ठहर्छ । सर्वप्रथम त यो बेहोसी हिस्टेरिया हो या होइन पत्ता लगाउनु अत्यावश्यक छ । स्वास्थ्यकर्मीले (मानसिक स्वास्थ्यमा तालिमप्राप्त भए राम्रो हिस्टेरिया भए नभएको पत्ता लगाउनसहयोग गर्न सक्दछन । हिस्टेरिया भनरे निर्क्यौल भइसककेा अवस्थामा बेहोस व्यक्तिलाई आराम गर्न दिनुपर्दछ । चोट नलाग्ने आरामदायी ठाउमा नचलाइकन आराम गर्न दिनु पर्याप्त हुन्छ । केही बेरपछि उसलाई विस्तारै होस आउछ । होस आइसकपे छि तुरुन्त उसग “तिम्रो तनाव के हो ?” भनरे कचकच गर्नु हुदैन ।

कसरी हुन्छ हिस्टेरियाको समाधान ?

तनावको पहिचान र त्यसपछि उपयुक्त निदान नै हो हिस्टेरियाको समाधान । अहिलेसम्म कुनै ट्यावलेट या इन्जेक्सन बनेको छैन जसले हिस्टेरियालाई ठीक पारोस् । तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त पार्दछन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिने हुन्छ । निदानको लागि तनावको पहिचान आवश्यक छ । पहिचान गर्न त्यति सजिलो नहुन सक्छ । यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ ।

त्यसैले हिस्टेरिया न त यौनजन्य समस्या हो , न त विवाहपश्चात् नै ठीक हुन्छ । हिस्टेरिया एउटा मानसिक रोग हो र वास्तवमा ‘म पीडित छु, मलाई सहायता गर’ भन्ने चित्कार हो, जुन वरपरका व्यक्तिहरूले संवेदनशील भएर बुझ्नखोज्नु आवश्यक छ ।

 

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस