“……………………मेरो जस्तो समस्यामा काम गर्न सक्ने साइकोथेरापी र मनोविमर्शजस्ता उपायहरुको बारेमा मलाई कसैले सुझाएन । औषधी एउटै मात्र उपचार बन्यो । अहिले त औषधि लत नै बनिसकेको छ । जिन्दगी भरी औषधी नै मात्र खाईरहनु पर्ने हो कि ?”
काठमाण्डौ पोष्टमा चलेको मानसिक स्वास्थ्य सम्बन्धी बहस देखेपछि मैले आफ्नो अनुभव नलेखिरहन सकिन । मलाई आशा छ यो छोटो लेखले उक्त बहस माथि थप प्रकाश पार्न सघाउ पु¥याउनेछ । पहिलो पटक मेरो मन मस्तिष्कमा केही गडबडी छ भन्ने अनुभव हुँदा म २४ वर्षको थिएँ । मलाई आफ्नो जिन्दगी उजाड, एक्लो, निरिह र बेकम्मा लाग्न थालेको थियो । मलाई जीवन कुनै भयंकर डरलाग्दो गुफा तर्फ घिस्रिदै गरेको महशुश हुन्थ्यो । यी सबै पीडा सहनु भन्दा यो एक मुठी सास भुत्काई दिउँ कि भन्ने लाग्न थलिसकेको थियो ।
मानसिक बिकारका यस्ता अनौठा लक्षण र यसले दिने पीडा विश्वास कसैले विश्वास नगर्ने हुनाले पटक पटक मनमा आउने आत्महत्याको विचार कसैलाई पनि भन्न सकिन । मलाई बारम्बार सताउने यस्तो अव्यक्त पीडाको कारण के हो भन्ने कुराको पनि कुनै पत्तोफाँट थिएन । बरु यस्तो असह्य पीडालाई भुल्न रक्सीको साहारा लिन थालें । रक्सीले कुनै सहयोग गर्नुको सट्टा झन बढी पीडा थोप¥यो । म कति तड्पिरहेको थिएँ कसैले अन्दाज सम्म पनि गर्न सकेन ।
एक साँझ लोकल ठर्राको रम्रम् मात्को तालमा मैले आफूलाई भइरहेको कुरा साथीलाई सुनाएँ । एकछिन सुने पछि साथीले भन्यो “ यस्तो रोग सोग र केही होइन, बरु तँ माथि त बोक्सी, डाइनी,पिचासहरुको खेल परे जस्तो छ । जा न धामी झाँक्री र जानपाहरु कहाँ”। साथीको सल्लाह मुताविक करिब ६ महिना जति धामी झाँक्री लगाएँ । मन्दिर र गुम्बा धाएँ । कति कुखुरा, बोका चडाइयो, कति कचौरा खरानी पानी पिलाइयो कुनै लेखाजोखा रहेन । जानपा कहाँ धाउँदा, धाउँदा भए नभएका पैसा सबै सकियो ।
मानसिक पीडाले शरिरलाई गाँज्न थाले पछि म फिजिसियन, मुटु रोग विशेषज्ञ र नशारोग विशेषज्ञकामा पुगें । आधुनिक यन्त्र उपकरणहरु प्रयोग गरेर सबै थोक जाँच्दा पनि मेरो रोगको भेउ पाउन सकेनन् उनीहरुले । हजारौ हजार रुपया बेफ्वाँकमा सकेपछि बल्ल मनोचिकित्सककहाँ पुगें ।
अन्ततोगोत्वा मलाई डिप्रेसन् र एन्जाइटी भएको ठह¥याइयो । त्यसपछि लभभग २ वर्ष सम्म त यति धेरै अनावश्यक औषधि दिईएछ कि रोगको लक्षण भन्दा औषधीको पाश्र्व प्रभावले मलाई लगभग असक्त तुल्यायो ।
मानसिक रुपले त केही आराम महशुश भयो । तर म दुर्भाग्य नै भन्छु, मानसिक रोगका औषधीहरुबाट उत्पन्न दर्दनाक पाश्र्वप्रभावहरुले आलस्य बनाएका बेला पनि मेरो जस्तो समस्यामा काम गर्न सक्ने साइकोथेरापी र मनोविमर्शजस्ता उपायहरुको बारेमा मलाई कसैले सुझाएन । औषधी एउटै मात्र उपचार बन्यो । अहिले त औषधि लत नै बनिसकेको छ । जिन्दगी भरी औषधी नै मात्र खाईरहनु पर्ने हो कि ?
विगत नियालेर हेर्दा सुनाउन लायक सफलताको कथा नै पाउँदिन । मानसिक सस्मस्या शुरु भए पछि मेरो जीन्दगी अत्यन्तै चौपट भएको छ । मानसिक रोगले सिर्जना गरेको असक्ततासँग मैले रात दिन जुध्नु परिरहेको छ, यसले सिर्जना गरेको परिस्थितीसँग सामजनस्यता कायम गर्न मेरो परिवारले गरेको संघर्ष म झलझली देखिरहेकोछु । मैले जीवनका उवर्राशील चौध वर्ष मानसिक स्वास्थ्य समस्यासँग जुध्दै विताएँ । यस वीचमा मेरा कैयौ दौंतरीहरुले उच्च ओहदा समालिसकेका छन र आरामदायक जीवन विताउँनको लागि प्रशस्त आर्थिक उपार्जन गरिसकेका छन् । म भने आफूलाई एक्लो, परित्यक्त र असुरक्षित पाउँछु । मानसिक रोगसँग जुध्दा जुध्दै घुर्केको उर्वराशील जवानी प्रति विलौना गर्दै वाँकी जीवन विताउनु भन्दा अर्को उपाय देखिरहेको छैन ।
म देखिरहेको छु यो समाजमा हजारौं मानिसहरु म जस्तै मानसिक रोगको अनौठौ प्रकृतिको लक्षणहरुसँग जुझिरहेछन् । मानसिक रोगी प्रति गरिने विभेद, अन्याय र थोपरिने कलंकका कारण उनीहरुको जीवन अझ आक्रान्त र नारकिय बनिरहेछ । म बुझ्न सकिरहेको छैन किन मानसिक रोगबाट पीडित व्यक्तिलाई समाजका अरु सदस्य भन्दा पृथक ठानिन्छ ? मानसिक रोगीहरुका भावना, इज्ज्त र महत्वलाई किन यति सजिलै दुत्कारिन्छ ? के मानसिक रोग लागेकै कारण एउटा व्यक्ति मानवबाट पशुमा गिर्छ त ? मानसिक रोगको अज्ञानता, रोगी प्रतिको दुव्र्यवहार र वेपर्वाहले रोग र रोगीको अवस्थालाई अझ जर्जर पो तुल्याउँछ त ।
मानसिक रोगसँग जोडिएका अनेकौं प्रश्नहरु छन् । के मानसिक रोग उपचारको एक मात्र बाटो औषधि मात्र हो ? मानसिक रोगीले ब्यहोर्नु परेको कलंकका कारण गुमेको सामाजिक प्रतिष्ठा र मानविय मूल्य कसरी पुनस्र्थापित हुन सक्छ ? मानसिक रोगले सिर्जना गरेको मनोसामाजिक अपागंताका कारण खेर गएको उत्पादनशीलताको क्षतिपूर्ति दिन निकाय कुन हो ?
यी र यी जस्तै अनेकौ अनुत्तरित प्रश्नहरु माझ मजस्ता मानसिक रोगीहरुले सामना गर्नु पर्ने जटिल आर्थिक, सामाजिक, नैतिक समस्याहरुबाट पार पाउन सामाजिक सहयोग अपरिहार्य छ । यो समाजमा मानसिक रोगीहरु नारकिय जीवन बाँचिरहेछन् । यूवाहरुको वीच आत्महत्याको दर बढ्दो छ । अनेक अध्ययन अनुसन्धानहरुले आत्महत्याको प्रमुख कारण डिप्रेसन भएको तथ्य पुष्टि गरिरहेछन् । मानसिक रोगले सिर्जना गर्ने पीडा कम गर्न कैयौ यूवाहरु रक्सी जाँड र लागुऔषधको कुलतमा फँसिरहेकाछन् ।
विश्वभरी प्रकोपको रुपमा फैलिरहेको मानसिक स्वास्थ्य समस्याहरुको वारेमा विश्व स्वास्थ्य संगठनले जनाउ घण्टी बजाई सकेको छ । यसको गम्भीरतालाई महशुश गर्नु अपरिहार्य भएको छ । तर दुर्भाग्यवस हामीकहाँ यो प्रकोपको सामना गर्ने कुनै प्रणाली नै छैन् । बरु आमजनसमुदाय मानसिक रोगबाट ग्रसित मानिसहरुबाट टाढै बस्न रुचाउँछ । मानसिक रोगको अस्तित्वलाई स्वीकार गर्न अन्कनाउँछ । अझ विडम्बना त म जस्ता कैयन मानसिक रोगबाट पीडित मानिसहरुको आवाजलाई वेवास्तापूर्वक दवाइन्छ । जब सम्म यो समाजलाई मानसिक स्वास्थ्य बारे उचित तवरले बुझाउन सकिदैन तव सम्म हामी पीडितहरु मानसिक रोग सम्बन्धी आम अज्ञानताको शिकार भई नै रहनेछौं ।
मानसिक रोग लागेका कारणले कलंकित बन्ने परम्परा तोड्नको लागि मानसिक रोगको बारेको सही सूचना र ज्ञान अत्यावश्यक छ । मानसिक रोगबाट पीडित मानिसहरुले व्यक्तिगत भोगाई मार्फत मानसिक रोगको बारेमा गहन अन्तज्र्ञान प्राप्त गरेका हुन्छन् । व्यक्तिगत भोगाइ मार्फत आर्जित यो ज्ञान नै जीवनको कसौटीमा घोटिएको सही ज्ञान हो । अनुभवजन्य यस्तो ज्ञान र दक्षताले एक गतिलो यस्तो व्यक्तिगत अनुभवको साटासाट गर्ने काम मानसिक रोगबारे सामाजिक सन्देश प्रवाहित गर्ने दिशामा पहिलो खुड्किलो बन्न सक्छ । सार्वजनिक सम्वाद, व्यापक जनसहभागिता र आफ्ना भोगाईका अनुभवहरुको साटासाट मानसिक रोगको पीडा झेल्नको निम्ती औषधि उपचार जत्तिकै आवश्यक छ । अतः हामीले मानसिक स्वास्थ्यका व्यक्तिगत, चिकित्सकिय, सामाजिक र साँस्कृतिक आयामहरुमा व्यापक छलफल चलाउँदै यो बहसलाई जारी राख्नु पर्छ ।
सन् २०११ मार्च १३ तारिखमा काठमाण्डौ पोष्टमा प्रकाशित लेखको भावानुवाद । लेखक हाल कोशिश(मानसिक स्वास्थ्य स्वालम्बन संगठन)मा कार्यरत हुनुहुन्छ । लेखकले आफ्नो वास्तविक नाम खुलाउन अनुमति दिनु भएको छ । सुलभ राज उप्रेती, (Meltnal Health Clinician, Mental Health Nepal) द्वारा सधन्यवाद प्राप्त