यो पाठकबाट प्राप्त सत्य लेख हो । यसमा लेखिका को नाम परिवर्तन गरि बाँकि जस्ता को तस्तै छापिएको छ ।
“यो लेख म समर्पण गर्छु जसले आत्महत्याको प्रयास गर्नुभएको छ र जसले आत्महत्याको योजना बनाउँदै हुनुहुन्छ । सबैले थाहा पाउनु पर्ने कुरा के हो भने जति ठुलो समस्या, जति नराम्रो अवस्था भएपनि र जति एक्लै भएपनि हामीले कहिल्यै पनि आफ्नो विश्वासलाई मार्नु हुंदैन”
मेरो नाम प्रिया हो । म अहिले १९ बर्षको भए र अहिले म १०+२ मा पढ्दै छु । म अहिले पनि सम्झीन्छु त्यो दिन, जुनबेला म आफ्नो सीमाभन्दा बाहिर निस्केको थिएँ । आफ्नो जिवनलाई त्याग्न सजिलो थिएन, तर मसँग अरु कुनै पनि बिकल्पहरु थिएन, म एकदमै निराश भइसकेको थिएँ । मलाई थाहा थिएन म राम्रो वा नराम्रो गरिरहेको छु । मेरो निराश आँखाले जे देखिरहेको थियो त्यही नै गरें । यो यस्तो निर्णय हो जुनले हामीलाई भित्रै देखि कमजोर बनाउँछ । हुनत म अरुको लागि स्वार्थी हुन्छु भनेर, तर मलाई थाहा छ म स्वार्थी छैन भनेर । म भित्रैदेखि रित्तिसकेको थिएँ र जिवनको घडीको सुईलाई रोक्नुपर्छ भनेर आफुलाई मनाइसकेको थिएँ । एक्लोपन र दिक्दारीले म मानसिक तवरबाट मरिसकेर एक अचल मूर्तिजस्तो भइसकेको थिएँ । जब आफ्नो वरिपरि केही राम्रो हुंदैन त्यस्तो अवस्थामा यस्तो काम गर्ने मान लाग्छ, मेरो जिवनमा त्यस्तै केही भएको थियो । म नै हो त्यो जो सबै कुरालाई मिलाउन खोज्थें र सबै कुरालाई आफ्नो बाटोमा हिँडाउन खोज्थें । कोही मानिसले तत्काल आत्महत्याको प्रयास गर्दैन, लामो समयको तनाव तथा निराशपछि मात्र मान्छे आत्महत्याको निर्णयमा पुग्छ । सरुमा जब हामी समस्यासँग भाग्छौँ त्यति खेर हामीलाई आफ्नो नजिक तथा विश्वासिलाहरुबाट आश हुन्छ, तर हाम्रो विश्वास र आस्था विस्तारै घट्दै जान्छ साँझ बेला सुर्य डुब्दै गएको जस्तो । अनि डर, निराश तथा कमजोरको अँध्यारोमा हामी आफुलाई निरीह पाएर आत्महत्याको प्रयास गर्छौं जुन नितान्त गलत हो ।
मैले बिनाकुनै डर ब्लेड टिपेँ । माफ माग्दै स्वर्ग तथा नर्कमा सानो ठाउँको लागि प्रार्थना गर्दै आफ्नै मनसँग अन्तिम पटक कुरा गरे र आँखा चिम्ले । सबै कुरा स्तब्ध थियो, आँखाबाट आँसु झरिरहेको थियो । मैले पहिले पटक बनाएको घाउ लामो र पातलो थियो । मुत्यु नजिकिदै गरेको जस्तो लाग्यो र आफ्नो निर्णय एकदमै सही लाग्यो । फेरि बडो जोडमा साथ दोस्रो पटक हात काटेँ पहिलो भन्दा गहिरो तत्पश्चात हात थोपाहरुले मेरो निराश र दिक्दारीपन माथि औषधिको काम गरिरहेका थिए । रगत बग्दै जाँदा मलाई कत्ति पनि दुखेन, म पक्कै मर्छु भनेर ढुक्क भएँ । मेरो हात लाटो र चेतनाशुन्य बन्दै गयो त्यति नै शान्ति र सन्तुष्टि थपिदैँ गयो । त्यसपछि काटेको भागमा कपडाले बेरेर मर्नका लागि आँखा चिम्ले । अलिअलि रिँगटा लाग्नु थालेकोले म सुत्न गएँ ताकि त्यसपछि म सधैको लागि निदाउँ भनेर । मेरो लुगा रगतले लतपलिएको थियो, मैले आँखा अन्तिम पटक बन्द गरेँ ।
जब मेरो पहिलो प्रयास असफल भयो महिले सोच्न पनि सक्दिन थिएँ, कसरी अरु मानिसहरुले मलाई प्रक्रिया दिन्छन् भनेर । मेरो मुटु एकदमै गरुङ्गो भएको थियो र मेरो जिवन ढुंगा भन्दा पनि भारी लागिसकेको थियो । मैले के महशुस गरिसकेको थिएँ कि यो समय रोक्नको लागि होइन भनेर । मेरो आत्महत्याको प्रयासको दुई दिन पछि परामर्शदातालाई भेटे । उँहा मेरो सोच भन्दा पनि धेरै दयालु र राम्रो हुनुहुन्यो । मैले धेरै मानिसहरुसँग भेटिसकेको थिए र मलाई कसरी ती मानिसहरुसँग छुटकरा पाउने भनेर थाहा थियो तर जब उहा म सँग बोल्नु भयो मेरो मनले सबै कुरा भन्न लायो । धेरै समय पछि मैले यस्तो व्याक्ति भेटेको थिए । जब मैले सबै कुरा भने मेरो मन एकदमै हल्का भयो ।
मैले आत्महत्याको प्रयास गरेको आज झन्ढै एक महिना भइसक्यो तर मलाई बर्षदिन भइसक्यो जस्तो लाग्छ । मेरा तिता सम्झनाको बाबजुद म अगाडी बढछु भनेर निर्णय गरी सकेको छुँ । म एकदमै भाग्यमानी महशुस गरिरहेको छु की मैले परामर्शदातालाई भेटे । परामर्शदाताको सबै भन्दा राम्रो कुरा के थियो भने उहाँले मलाई कहिले नराम्रो दृष्टिकोणबाट हेर्नु भएन । उँहा एकदमै सत्य, दयालु र सहयोगी हुनुहुन्थ्यो ।
मैलै अब निर्णय गरिसकेकी थिए कि म कहिले पनि पछाडि हेर्दिन र दृढ गरीसकेँ म मेरो जिवन र आप्mनो लागि बाच्छुँ न कि यो संसारको लागि । कहिलेकाही मेरो घाउको दाग हेर्छु त्यसबेला मेरो जिवनको नराम्रो क्षणलाई सम्झिन्छु तर अहिले म त्यो कुरालाई कुनै पनि मतलब गर्दिन किनकी हरेक मानिसको अतित हुन्छ, किन हुदैन र ?
अन्तिममा यो लेख म समर्पण गर्छु जसले आत्महत्याको प्रयास गर्नुभएको छ र जसले आत्महत्याको योजना बनाउँदै हुनुहुन्छ । सबैले थाहा पाउनु पर्ने कुरा के हो भने जति ठुलो समस्या, जति नराम्रो अवस्था भएपनि र जति एक्लै भएपनि हामीले कहिल्यै पनि आफ्नो विश्वासलाई मार्नु हुंदैन र एकचोटी मनोसमाजिक परामर्शदातालाई भेटनुपर्छ ।
याद राख्नुस हरेक कुराको अन्तिम हुन्छ, राम्रो वा नराम्रो, हाम्रो जिवन हाम्रो हातमा नै हुन्छ । अनि हामीले आफ्नो हितैषीहरुलाई सम्मान गर्नु पर्छ । जिवनलाई अन्तिम पल्ट सम्म जिउनु पर्छ । जसले तपाईलाई घृणा गर्छन् तिनीहरुलाई मतलब नगरी अगाडी बढ्नुपर्छ ।
-सुलभ राज उप्रेती मार्फत सधन्यबद प्राप्त ।