मेरो नाम श्याम हो र भक्तपुरमा बसोबास गर्छु । आज म मलाई लागेको मानसिक रोगको बारेमा केही कुराहरु भन्न गइरहेको छु । मेरो क्याम्पसको पढाइ सुरु हुने बेला, म जहिले पनि निराश हुन्थेँ जसले गर्दा म साथीभाई तथा परिवारका सदस्यहरुसंग टाढिन थाले । साथीहरु संग पनि डर लाग्न थालेको थियो । मलाई एकदमै असुरक्षित महसुस हुने साथै निन्द्रा नलाग्ने समस्याहरुले हैरान पारेको थियो ।
त्यसपछि म बिनाकारण जंगलमा जान थाले । तर क्रमिक रुपले मलाई यस्तो लाग्थो कि म विश्व भ्रमणको निम्ति भगवानद्धारा पठाइएको मान्छे हुँ । त्यसैले गर्दा म साइकलमा विश्वभ्रमण निम्ति कोशिश गर्न थालें । त्यस क्रममा म धेरै ठाउँहरु डुलेँ पनि । तर बिस्तारै मेरो डर हराउँदै गयो र म एक सुरमा हिडन थालें । मलाई आफ्नो होस हुदैन थियो । मेरो उक्त अवस्था देखेर मेरो परिवारका सदस्यहरु निकै चिन्तित थिए तर मलाई भने म ठीकै छु जस्तो लाग्थ्यो ।
त्यतिकैमा, मेरो असहज बानीहरु देखेर मलाई चिकित्सककोमा लगियो र स्किजोफ्रेनिया जस्तो कडा खालको मानसिक रोग लागेको थाहा भयो । तर सो समयमा म बिरामी छु भनेर मैले विश्वास नै गर्न सकिन र मेरो स्वभावहरुको कारण मानसिक रोग हो भन्ने पनि लागेन ।
रोग पत्ता लागिसकेपछि मेरो साथीहरुको मलाई निकै छुट्टै तरिकाले हेर्न थाले र केही झर्को लाग्ने खालका क्रियाकलापहरु गर्ने थाले जुन उनीहरु संग टाढै बस्न खोज्नुको एउटा मुख्य कारण पनि थियो । उनीहरुले सामजिक भेटघाटमा पनि सहभागिता जनाएनन् । कतिपय मेरो इष्टभित्र तथा परिवारको सदस्यहरुले पनि केही असहज व्यवहार देखाए । मेरो श्रीमतीले भने यस समस्या संग सामना गर्नको निम्ति निकै मदत गरिन् ।
मेरो यो रोग बिस बर्ष पुरानो हो, जसले गर्दा मेलै धेरै ओषधिहरुको प्रयोग गर्नुपरेको छु केही औषधिहरुले नकारात्मक प्रभाव पनि गरेको छन् जस्तै बडी निन्द्रा लागिरहने, अल्छीपना जस्ता । तर केही औषधिहरुले भने निकै फाइदा भयो । हिले म दुई थरिको ओषधि मात्र प्रयोग गर्छु र निकै राम्रो काम पनि गरिरहेको छ । यद्दपि मैले औषधि घटाउन प्रयास गरेँ भने म पुर्ण रुपमा निदाउंन सक्दिन र फेरी पुरानै समस्याहरु बल्झिन्छ कि भनेर डर लाग्छ । त्यसैले मैले कहीले पनि औषधि घटाउन प्रयास गरिन ।
मेलै पहिला नै भनिसकेको छु, मलाई डर लदाग्थ्यो जसले गर्दा मेरो मनोबल निकै खस्कियो । तर मैले मेरो परिवारबाट पुर्ण सहयोग पाएको छु । मैले आषधि खाए नखाएको पनि उनिहरु निरीक्षण गरिरहन्छन । मेलै मनोचिकित्सक र मनोबिदको सहयोगले पनि मैले मेरो मनोबल बढाउने कोशिश गरें ।
म के सल्लाह दिन चाहन्छु भने मानसिक रोग पनि अरु शारीरिक समस्याहरु जस्तै हो तथापि यी कुराहरुलाई बेवास्ता गरिन्छ । तर मानसिक रोगको पनि व्यवस्थान र उपचार गर्न सकिन्छ । यदि मानसिक रोग लागेको मानिसले निरन्तर ओषधि प्रयोग, मनोसमाजिक परामर्ष तथा दैनिक कामहरुमा व्यस्त भयो भने, यसले जीवनस्तर सन्तुलित राख्न सकिन्छ । हाम्रो समाजमा मानसिक रोगीहरुका निम्ति ठुलो सामाजिक पर्खाल छ । त्यसैले म हाम्रो समाज संग के अनुरोध गर्न चाहन्छु भने क्रपया मानसिक रोगीलाई हेर्ने दष्टिकोण परिवर्तन गनुहोस किनकी मानसिक रोग पनि अन्य शारीरिक समस्याहरु जस्तै नै हो । मानिस जो नसर्ने रोगहरु जस्तै उच्च रक्तचाप, मधुमेह बाट ग्रसित छन् उनीहरु गर्वका साथ आफ्नो रोगको बारेमा बताउछँन तर मानसिक रोग लागेको मानिसले खुलेर आफ्नो रोगको बारेमा भन्ने स्थिति छैन । यदि मानसिक रोग लागेको मानिसले समयमै समस्या बताएन भने समयमै उपचार नभइ लक्षणहरु दिनप्रतिदिन भयावह बन्दै जान्छ ।
सुलभ राज उप्रेती द्वारा गरिएको अन्तर्वार्ता
गोपनियता को लागि नाम र केहि अरु तथ्य परिवर्तन गरिएको छ ।