लेख / ब्लग / अन्य प्रकाशन / समाचार

आत्महत्या: अपराध कि जनस्वास्थ्य सम्बन्धी समस्या ?

Posted Date: 2013-06-02

संसारका प्राय देशहरूले प्रकाशन गर्ने मृत्युका कारणको तथ्याँकमा हेर्नुभयो भने आत्महत्यालाई पनि पाउनुहुनेछ । उदाहरणको लागि तलको लिन्कमा क्लिक गर्नुहोस् । ती  देशहरूमा त्यहाको स्वास्थ मन्त्रालयले आत्महत्याको तथ्याँकको आधारमा आत्महत्या न्युनिकरण गर्ने कस्तो योजना ल्याउने भन्ने निर्णय गर्छ ।

नेपालमा भने आत्महत्याको तथ्याँक स्वास्थसँग मुख्य सरोकार राख्ने संस्थासँग छैन् । कतिपय अस्पतालमा आत्महत्याको केसमा मृत्यु रजिस्टरमा मृत्युको कारण आत्महत्या नलेखी मुटुको गति बन्द भएर या अन्य कारण लेखिन्छ । यस्ले गर्दा आत्महत्याको व्यापकताको तथ्याँक सम्बन्धित निकायको निति निर्माता तहसम्म पुग्दैन र यस सम्बन्धी कुनै निति पनि बन्दैन ।

नेपालमा आत्महत्याको तथ्याँक पुलिसले राख्छ । स्वास्थ्य मन्त्रालयले राख्नुपर्ने तथ्याँक पुलिसले राखेकोमा पुलिसलाई धन्यवाद दिनु पर्छ । हरेक सँकास्पद मृत्यु पुलिसले अनुसन्धान गर्नु र त्यस्को तथ्याँक राख्ने क्रममा आत्महत्याको तथ्याँक पनि राख्नु जायज हो । तर पुलिसले प्रकाशन गर्ने तथ्याँकमा आत्महत्यालाई अपराधको श्रेणीमा राखिएको छ ।

दु:खको कुरा आत्महत्यालाई हत्या, बलात्कार, चोरी, डकैती कै साथमा पुलिसको तथ्याँकले राखेको छ । धार्मिक या कानुनी हिसाबले आत्महत्या पाप या अपराध हो होईन बहसको बिषय बन्न सक्ला । तर दुर्घटनामा मर्ने १५ सय मृत्युको चौथो स्थानमा उल्लख गरिनु (पहिलो सरुवा रोग्, दोस्रो मुटु रोग, तेस्रो क्यान्सर), तर सन् २००७ पश्चात हरेक बर्ष कम से कम २७०० आत्महत्या हुनु, र २००९ बाट २०१० मा पुग्दा १०% भन्दा बढेर ३३०० नाघ्दा पनि यसले तुलनात्मक रुपमा कम महत्व पाउनु ले आत्महत्या लाई नजिकबाट भोगेकाहरूलाई या आत्महत्याबाट साथी या आफन्त गुमाएकाहरुलाई थप् पिडा हुनु स्वभाविक हो ।

यहा दुर्घटनामा हुने मृत्युलाई कम् महत्वको भन्न खोजिएको होईन । असायमयिक मृत्यु जसरी भएपनि उत्तिकै पिडादायक हुन्छ । तर डिप्रेसन र अन्य मानसिक रोग र बिभिन्न सामाजिक र राजनैतीक समस्यासँग प्रतक्ष्य सम्बन्धित आत्महत्या लाई स्वास्थ सम्बन्धी परिसुचक र तथ्याँकमा नसमेटिनु चाँही दु:खको कुरा हो। स्वास्थ्य मन्त्रालयले आत्महत्याको पनि तथ्याँक संकलन गरेमा निति निर्माताबाट उपेक्षित आत्महत्या नियन्त्रणमा राज्यको ध्यान जान्थ्यो कि ?

तपाईंलाई यो कुरा सहि जस्तो लाग्छ र स्वास्थ्य मन्त्रालयले पनि आत्महत्या को तथ्याँक राख्नुपर्छ जस्तो लाग्छ भने कृपया यस लेखलाई Share गर्न माथि Share मा क्लिक गरौं ।

आत्महत्याको बारे थप् जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।                                                     यो दुखद समाचार पनि पढ्नुहोस् ।

References

विकिपिडियामा हेर्नुहोस्

विश्व स्वास्थ्य संगठनको तथ्यांक

आत्महत्या रोकथाम बारे विश्व स्वास्थ्य संगठन

नेपालको आत्माहत्याको तथ्यांक

सडक दुर्घटनामा मृत्‍युहुनेको संख्या र नेपाल् मा मृत्‍युका प्रमुख कारणहरू

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस