नेपालमा मानसिक समस्याले ग्रस्त व्यक्तिहरूलाई राख्नका लागि सन् १९३० को दशकमा मालुङगामा एक केन्द्रको स्थापना गरिएको थियो । तर सन् १९६५ मात्रै आधुनिक चिकित्सा पद्धति अनुरूप काठमाडौको वीर अस्पतालमा मानसिक रोगीहरूको उपचार सुरु भयो । चारवटा शैयाबाट सुरु गरिएको मानसिक वार्डलाई सन् १९६६ मा १४ शैयाको तुल्याइयो । सन् १९६८ मा शाही नेपाली सैनिक अस्पतालमा पनि मानसिक रोगीको उपचार सुरु भयो । सन् १९८४ मा आएर हाल नेपालको एकमात्र मानसिक रोग अस्पतालको स्थापना ललितपुरको लगनखेलमा भयो । त्रि.वि.चि.शा.अ.सं. शिक्षण अस्पतालमा सन् १९८६ देखि १२ शैयाको मानसिक रोग वार्ड संचालित छ । सैनिक्, प्रहरी तथा ससस्त्र प्रहरी अस्पतालमा पनि मानसिक स्वास्थ उपचार हुन्छ । निजी क्षेत्रहरूबाट पनि मानसिक रोगीहरूको उपचारको लागि सराहनीय प्रयासहरू भएका छन् । काठमाडौ उपत्यकाबाहिर पनि यस्ता सुविधाहरू प्रदान गरिंदै आएको छ । धरान, बिराटनगर, भरतपुर, पोखरा, नेपालगञ्ज, बुटवल, बिरगंज, भैरहवा जस्ता सहरहरूमा मानसिक रोगीहरूको उपचार विशेषज्ञ चिकित्सकद्वारा गर्ने गरिएको छ । मानसिक रोग बिशेशज्ञले प्राइभेट क्लिनिक द्वारा सेवा प्रदान गर्ने नेपाल् का सबैजसो मुख्य शहरहरूमा पुगेको छ । मानसिक रोग उपचार केन्द्रहरूको लागि यहा क्लिक गर्नुहोस ।
के हो मानसिक रोग?
दिमागका एक या बढी क्रियाकलापहरूमा जस्तै – भावना (Emotion), आभाष (Perception), स्मृति (Memory), विचार (Thought), बोली (Speech), चेतना (Consciousness) मा गडबडी भएर उत्पन्न अवस्था लगातार रहिरहेमा मानसिक रोग भन्ने बुझिन्छ ।
मानसिक रोगका लक्षणहरू (क्लिक गर्नुहोस्) मानसिक रोग पिच्छे फरक फरक प्रकार् का हुन्छन् ।
मानसिक रोगका प्रकारहरु
हाल विश्वमा प्रचलित मुख्य दुई मानसिक रोग वर्गीकरण विधि International Calssificatin of Disease 10th Revision र Diagnostic and Statistical Manual 4th Rivision ले विभिन्न मानसिक रोगहरूलाई झण्डै समान किसिमले व्याख्या गरेका छन् । Anxiety Disorder, Depression, Schizophrenia जस्ता पहिलेदेखि नै मानसिक समस्याका रूपमा परिचित रोगहरूका साथै बच्चाहरूमा उत्पन्न हुने व्यावहारिक समस्या, सुस्त मनस्थितीका साथै लागू औषधिको प्रयोगले उत्पन्न हुने व्यावहारिक समस्याहरूलाई पनि मानसिक समस्याको सूचीमा राखिएको छ ।
मानसिक समस्या विश्वका सम्पूर्ण जनसंख्यामा समानुपातिक हिसाबमा पाइन्छ । द्वन्दग्रस्त समुदायमा भने मानसिक समस्या मात्र हैन आत्महत्या पनि बढी देखिएको छ । डा ध्रुब मान श्रेष्ठको टोलीले नेपालमा सन् १९८३ मा जनसमुदायमा गरिएको एक अध्ययनमा नौ वर्षभन्दा माथिका १४ प्रतिशत व्यक्तिहरूमा कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको र २ प्रतिशत व्यक्तिहरू त तुरुन्त उपचार चाहिने मानसिक रोगबाट पीडित भएको पाइएको छ । तुरुन्त उपचार चाहिने रोगीहरू पनि विभिन्न कारणहरूले गर्दा सही उपचारबाट वञ्चित रहेको कुरा पनि उक्त अध्ययनले देखाएको थियो ।
मानसिक रोगीमध्ये केही प्रतिशत दीर्घरोगीहरू हुन्छन् । यिनको उपचारमा पुनर्स्थपना महत्वपुर्ण पक्ष हो । नेपालमा मानसिक रोगीहरूको पुनर्स्थपना गर्ने एक मात्र केन्द्र आशादीप (मेरिनोल नेपाल) पनि निजी क्षेत्रबाट संचालित छ । एउटा सराहनीय काम भए पनि यो दीर्घ मानसिक रोगीहरूको एउटा सानो प्रतिशतलाई मात्र सेवा दिन सक्षम छ । यस्ता संस्थाहरूको नेपालमा वास्तवमा निकै खाँचो छ । पहिलेको मेरिनोल नेपाल्, मानसिक स्वास्थ परियोजना तथा सी एम सी नेपालले जनसमुदायमा मानसिक स्वास्थ को क्षेत्र मा निकै काम गरेका छन्।
मानसिक रोग प्रतिको धारणा
मानसिक रोगीहरूले सही उपचार नपाउनुका मुख्य कारणहरूमध्ये यस्ता रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू हुन सक्दछन् । कतिपय व्यक्तिहरू मानसिक रागे हरू दैवीशक्तिको कारणले, भुत्-प्रेतको कारणले या मानिसको मन् को कमजोरीको कारणले भन्ने सोचेर यस्ता समस्या रोग नै होइनन् भन्ने धारणा राख्दछन् । त्यस्तै कतिपय व्यक्तिहरू मानसिक समस्यालाई सोझै पागलपनसँग दाँजेर पारिवारिक मान प्रतिष्ठामा आँच उत्पन्न गराउन सक्ने ठान्दछन् । कतिलाई त यस्ता समस्याहरूको आधुनिक चिकित्सा प्रणालीद्वारा उपचार सम्भव छ भन्ने पनि थाहा / विश्वाश छैन र धामी झाँक्रीको शरणमा जाने गर्दछन् । समस्या ठीक नभएमा या बढ्दै गएमा त्यस्ता व्यक्तिलाई बाँध्ने, शारीरिक तथा मानसिक यातना दिने जस्ता घटनाहरू त छापाहरूमा बेलाबेलामा प्रकाशित भइ नै रहेका हुन्छन् ।
मानसिक रोगीमध्ये केही प्रतिशत दीर्घरोगीहरू हुन्छन् । यिनको उपचारमा पुनर्स्थपना महत्वपुर्ण पक्ष हो । नेपालमा मानसिक रोगीहरूको पुनर्स्थपना गर्ने एक मात्र केन्द्र आशादीप पनि निजी क्षेत्रबाट संचालित छ । एउटा सराहनीय काम भए पनि यो दीर्घ मानसिक रोगीहरूको एउटा सानो प्रतिशतलाई मात्र सेवा दिन सक्षम छ । यस्ता संस्थाहरूको नेपालमा वास्तवमा निकै खाँचो छ । मेरिनोल नेपाल्, पहिलेको मानसिक स्वास्थ परियोजना (हाल बन्द भैसकेको) तथा सी एम सी नेपालले जनसमुदायमा मानसिक स्वास्थ को क्षेत्र मा निकै काम गरेका छन्।
त्यस्तै हाल आएर नेपाल मानसिक स्वास्थ्य फ़ाउण्डेशनले मानसिक स्वास्थ्यको पक्षमा जोरदार आवाज उठाउनुको साथै मानसिक रोगीहरुको आधारभूत अधिकारको लागि निकै काम गरेको छ ।
जनमानसमा विद्यमान मानसिक रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू नहटेसम्म उपचारको लागि जनशक्ति उपलब्ध भएरै पनि मानसिक रोगको वर्तमान अवस्थामा खासै परिवर्तन नआउन सक्छ । विश्व स्वास्थ्य सँगथनले एक्काइसौ शताब्दीमा हृदय रोग पश्चात मानव जातिलाई पिरोल्ने दोस्रो रागे डिप्रेसन (Depression) भनिएबाट पनि हामी सबैले मानसिक समस्याको बारेमा गहिरिएर सोच्ने बेला आइसकेको छ ।
यदि तपाईलाई नेपालमा अन्य संस्थाहरुले मानसिक स्वास्थको क्षेत्रमा काम गरेको थाहा छ भने कृपया हामीलाई जानकारी दिन यहा क्लिक गर्नु होला । त्यस अनुसार हामी यो लेख अपडेट गर्ने छौं ।
लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया