About us in nepali

यो प्रयास नेपाली भाषामा मानसिक स्वास्थको जानकारी दिन को लागि गरिएको हो । प्रथम चरणमा मानसिक स्वास्थको सूचना प्रवाह गर्न हामी ध्यान दिने छौ । दोस्रो चरणमा संसारमा जहाँ कही हुनुभएका नेपालीबाट प्राप्त भएका मानसिक स्वास्थसँग सम्बन्धित प्रश्नको उपयक्त उत्तर दिने प्रयास गर्ने छौ । मानसिक समस्याको जानकारी तथा उपचार सम्बन्धी सामान्य सल्लाह प्रदान गर्ने हामी प्रयास गरे पनि यस वेबसाईट मार्फत उपचार नै गर्ने हाम्रो उद्देस्य होईन । त्यस्तै यस वेबसाईट मार्फत आधुनिक र परम्परगत उपचार पद्दती को प्रतिस्थपना गर्न खोजिएको पनि होईन । यदि तपाईंलाई तनावले या अन्य कारणले गर्दा भोक या निद्रामा निकै गिरावट आएको छ भने, आफ्नो दैनिक क्रियकलाप या जिम्मेवारी बहन गर्न कठिनाई छ भने, आफुलाई / अरुलाई हानी गर्ने वा आत्महत्या गर्ने बिचार आएको छ भने तुरुन्त नजिकको स्वास्थ सँस्थामा संपर्क गर्नु होला ।

डा. अनुपम पोखरेलमानसिक रोग विशेषज्ञमेल्बर्न, अष्ट्रेलिया
MBBS (Pakistan) MD (IOM, Nepal) FRANZCP Cert Psychotherapies (RANZCP)

Click for more experts

 

Please see disclaimer.

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस